आफ़्नै बाट असुरक्षित ,छोरा र श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

प्रकाशित मिति:

सप्तरी । छोरा र श्रीमतीको कुटाइबाट सप्तरीको महादेवा गाउँपालिका ३ पकरीमा एक जनाको ज्यान गएको छ ।पारिवारिक विवादको क्रममा कुटपिट हुँदा ६२ वर्षीय मोहम्मद गफुर पमरियाको मृत्यु भएको हो ।अत्याधिक मदिरा सेवन गरी घर प्रवेश गरेका २० वर्षीय कान्छो छोरा मोहम्मद रहिम र ५० वर्षीया श्रीमती जुमली खातुनको कुटाइबाट पमरियाको मृत्यु भएको हो ।कुटपिटबाट घाइते भएका पमरीयाको उपचारार्थ राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने क्रममा बाटैमै मृत्यु भएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

उनका अनुसार अत्याधिक मदिरा सेवन गरी आएका रहिमले आमासँग मिलेर पमरियालाई कुटपिट गरेपछि उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छशव पोष्टमार्टमको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको तथा घटनामा संलग्न आमाछोरा फरार रहेकोले खोजी भईरहेको एसपी प्रसाईंले जानकारी दिएका छन् ।