दशैतिहार : सम्झना बिर्सना

२० आश्विन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
97 Shares


अर्जुन ज्ञवाली/ बडा दशै घटस्थापना देखि नै सुरु हुन्थ्यो । पहिलापहिला स्कुल बिदा घटस्थपना देखि हुन्थ्यो । दशै आउला, खाउला पिउला , चोरी लिउला, धत म त छुट्टै बसौला भनेर औला भाच्दै रमाइलो गर्थ्यौ । घटस्थापनाका दिन जमरा राख्दा अर्कै अनुभव हुथ्यो । घरको अध्यारोमा टपरीमा मलिलो माटो राखेर जौका जमरा जमाउथ्यौ । ती जमरामा दिनदिनै पानी राख्थ्यौ । बिहान सबेरै उठेर हातमुख धोएर चोखनित गरेर आम्खोरामा पानी लगेर हाल्थ्यौ । जमरा कहिले टुसाउछ । कहिले उम्रन्छ भनेर निकै सारौ उत्सुकता हुन्थ्यो । जब टुसाउथे, कहिले ठुलो हुन्छ भन्ने गथ्यौ । जमरा औलाले दिनदिनै नाप्थ्यौ कति ठुला भए भनेर । दसै लागेपछि विभिन्न शक्ति पिठहरुमा पुजाआजा हुन्थ्यो । हामिले शक्ती पिठलाइ कोट भन्थ्यौ । धुर्कोट, अर्घाकोट त्यहाका चर्चित कोटहरु हुन अहिले पनि । अन्यत्र पनि कोटहरु छन् । बर्षको एकपटक दशैको बेला सबै कोटहरुमा बिधिपुर्वक पुजा हुन्छ । सत्तमी देखि ती कोटहरुमा धुप ध्वाला, चामल, भेटी पैसा फुल प्रसाद लिएर जान्थ्यौ । एकदुई जनाले गाउभरिका धुप ध्वाजा लगएर जानू पर्थ्यो । यद्यपि अहिले पनि यो चलन छ ।

कहिले मालारानीको कोट, कहिले खड्क छत्र धुर्कोट, फाप्रे, उल्क, अर्घा लगायत ठाउहरुमा सत्तमी देखि नवामीसम्म धुपध्वजा लगेर जान्थ्यौ । यसरी धुप ध्वाजा चडाउदा मनका इच्छा पूरा हुने बिश्वास थियो र छ । आफना भाकल सन्कल्प पूरा भएपछी वा पूराहुने कामना सहित शक्तिपिठको आराधना गरिन्थ्यो । धुपध्वजा प्रसाद चडाइल्थ्यो । बलि पनि दिइन्थ्यो । मनोकामना पुरा गर्नको लागि खास गरेर यस्तै शक्ति पिठ कोट एवम् झाक्री देवता र सुपादेउरालीलाइ भाकल गरिन्थ्यो र अहिले पनि गरिन्छ ।घटस्थपना पछी नै गाउमा माटोले बनेका घरहरु लिप पोत गरिन्थ्यो । रातोमाटो र सेतोमाटो कमेरोले घर लिपेर चिटिक्क पारिन्थ्यो । अहिले पनि दशै शुरु भयो की यस्तै काम शुरु हुन्छ । पिपलधाराको माथी अर्तोसमा रातामाटो पाइन्छ । त्यो ठाउँ अहिले पनि रातो माटोले चर्चित छ । छिमेकी गाविसहरुका बासिन्दाहरु पनि त्यहा माटो लिन आउथे । गहिरो खाल्टो खनेर माटो निकालिन्थ्यो । सारै जोखिम लाग्थ्यो । रातोमाटो लिनेको भिडाभाड हुन्थ्यो । मैले पनि धेरै पटक माटो बोकेको छु । सबैले बोक्थ्यौ ।माटो बोक्दा एकपटक कुकुरले झन्डै परलोक पठाएको थिएन । चोरपानीबाट निस्केर माटो खन्ने दिदिको घरबाट गएको थिए । कुकुर खतरै रहेछ । झ्वाम्मै म माथी पर्यो । कुकुर र मेरो फाइट नै चल्या एकछिन । पछी आत्मसमर्पण गर्ने बाध्यता भो । दगुरेर भाग्दाभाग्दै बारिको डिलमा पुगेको थिए । कुकुरले लखेट्दै थियो । वारिको डिलमा ढुंगाको पर्खाल रहेछ ।

त्यहीबाट अर्को मुनिपट्टीको बारीमा हाम फाल्छु भनेको त त्यो पर्खाल नै भत्कियो । त्यही ढुङ्गासगै अग्लो ढिक९डिल०बाट तलसम्म गोलमोटल लोटियो९लडियो० । तल गएर बल्लतल्ल उठे तर शरीर चलाउन भएन फेरि पल्टिए । खै को सँग हो एकजनाको सहयोगमा बल्लबल्ल लैरोलठ्ठी टेकेर घर गएको थिए । सम्झिदा आङ्गै जिरिङ्ग हुन्छ । धन्न बाचिएछ ।
त्यसरी माटो बोकेर घर थारा९गोठ बङ्गाला छेपिन्थ्योलिपिन्थ्यो अहिले पनि यसै गरिन्छ। दसैमा सबैका घर चिटिक्क हुन्थे । झ्यालढोकामा रङ्ग लगाइन्थ्यो । रंग सारै बसाउथ्यो । झार गोडेर चिटिक सफा हुन्थे सबैका घर । एकदिन डुवाको घरमा निकाशबाटो सफा गर्दथ्यौ । खनखोरस गरेर बाटा हिड्न सजिलो बनाउथ्यौ ।दुर्गा लागे पछि घटस्थपाना पछाडिका दिनहरु कोटकोटमा बिहान बेलुका बाजा बज्दथे । बिहानबिहान बाजाले नै ब्युझयाथ्यो । सम्म्योग नै त्यस्तै हो कि आकाशमा त्यतीबेला समूहसमुहमा थुप्रै चराहरु उत्तरबाट दक्षिण तर्फ जान्थे । हामिले तालतरा भन्थ्यौ । सायद तालमा बस्ने चरा भएर तालचरा भनेको होजस्तो लाग्छ । आकाश माथीमाथी आउदा हामीले साथीभाइ दिदीबहिनी मिलेर पारीपारी टाडा माथि धित नमरुन्जेल हदेर्थ्यौ । अति आनन्दित मन हुन्थ्यो । सारै रमाउथ्यौ ।हिन्दुहरुको महान चाड दशै तिहार चाडपर्वका राजा नै हुन । अघि पछी बर्षभरी पढ्ने लक्ष्यका साथ वा दाम कमाउने उद्धेश्यका साथ गाउँ बाहिर गएका सबैजना आफ्नो जन्मस्थल प्यारो गाउ सम्झेर फर्कन्थे । त्यतिबेला खास गरेर भारतको सिलाङ्ग, दिल्ली, पन्जाव, कर्नाल, लुधीआना, चन्डीगढ, बम्बइ आदि लगायतका भारतका अन्य ठाउमा रोजगारीको लागि जान्थे । कोहि भारतीय सेनामा भर्ती हुन्थे । सबै मुग्लानीहरु दसै तिहारमा आफ्ना मातापिता, आफन्तजन, प्रियजन, आफ्ना लालाबालालाइ भेट्न दुइचार दिन भए पनि आफ्नो परिवारसँग बस्न जन्मघर सम्झेर आउथे । अनि रमाउथे । बिदेश जानेलाई हामी लाहुरे जाने भन्थ्यौ । फलनो लाहुर गयो । फल्नो लाहुरे भयो । फलनो लाहुरे गाउमा आएछ्न भनेर कुरा गरेको हामी सुन्थ्यौ । आफ्नो, आफ्नो परिवार र आफ्ना सन्ततिको जिजिभिषाको लागि भिसा नलगाइ भारत पस्ने लर्को नै लाग्थ्यो । गाउमा खेती किसानी गरर पनि बर्षभरी खान नपुग्ने र गाउमा आम्दानीका अन्य बिकल्प नहुने दाजुभाइहरुलाइ परिवार छोड्नुको मनभरी पीडा लिएर आखाभरी धन कमाउने सपना बोकेर मुग्लान बस्नु पर्ने बाध्यता थियो । एकआद बाहेक सबैे सबैको साझा समस्या थियो । अहिले पनि अवस्था उस्तै हो । नेपाली दाजुभाइ दिदीबहिनी भिसा लगाएर हवाइजहाज चडेर अलि टाढा मात्र पुगेका हुन । समस्या उस्तै हो पीडा र दर्दका घाउहरु उनै हुन । बत्ति जस्तै झलझल बोल्ने उज्याली जीवन सङ्गेनि र दुइटा दात उम्रेका तोते बालक छोडेर मुग्लान पस्ने कहालीलाग्दो बिवसता शब्दमा व्यक्त गर्न सकिदैन । यस्ता पीडा कैयौं पिडि र पुस्ताले गुजार्दै आए । अझै कति पुस्ताले गुजार्नुपर्ने हो रु थाहा छैन । कतिपय दाजुभाइ लाहुर गएर उतै हराएको र लामो समय घर नर्फकेको हामीले पनि जान्यौ । खोइ किन नर्फेकेका होलान तिनीहरु । आफ्नो सन्तान मुग्लानबाट नफर्कीदाको पिडा झन दर्दनाक हुन्थ्यो । बृद्ध बुवाआमा आफ्नै मुग्लानी सन्तानको बाटो हेरेर बस्नुपर्ने बाध्यता थियो । आखा भरी आशुका धारा टिलपिल टिलपिल गरेरका बृद्ध बुबाआमा देख्दा मनमा साह्रै पिडा बोध हुन्थ्यो र असय पिडा हुन्छ अहिले पनि ।लहलाउदी आफ्नो जिवन संगेनी र आफ्ना प्राण प्रिय सन्तानको माया बिर्सेर किन मुग्लानी भएहोलान रु मनमा यस्तै भावना उज्जेलीत हुन्थ्यो । उता प्रदेशीको विवसता के थियो कसलाइ थाहा थिएन । मर्दोजिउदो केही थाहा हुने थिएन । बिलाशिताले भुल्यो वा विवसताले आफ्नो जन्मभुमी भुल्यो केही थाहा हुदैन्थ्यो । रोगले थलिएर बित्यो वा मुग्लानी गल्लीमा पागल भएर भौतारिएरकोछ केही थाहा हुने थिएन । लाहुर पसेका मुग्लानीहरु बेलाबेलामा चिठी पठाउथे घरमा । मलाइ ती चिठीहरु पढ्न दिएको याद छ । पढ्ने कामलाई चिठी बाच भन्थे । मैले चिठी पढ्दा प्रदेसीका बुवाआमा र जिवन साथीको आखाभरी आँशु भरिन्थे ।कतिपय त आफ्नो सन्तान सम्झेर, कतिपय आफ्नो जिवन सहयात्री पति सम्झेर हिक्क हिक्क गरेर रुनु हुन्थ्यो । पढ्दै गर्दा कती पटक मन थाम्न सकेको थिएन मेरो आँखाको आँशुले चिठी नै भिज्थ्यो । यस्तो लाग्थ्यो त्यतीदबेला यती धेरै पिडा किन रु किन यत्रो विवसता रु के नेपालमा जन्मनु अभिशाप हो । किन यस्तो रु खान नपुगेर, लगाउन नपुगेर बिदेश पस्ने बाध्यता किन रु के यो देशमा केही पनि सम्भव छैन रु के हामी सधै बिदेशीको गुलाम, उनीहरुको नोकरचाक्कर गरेर बस्ने हो रु के हाम्रो र लालावालाको भविश्यको लागि बिदेश पसिरहनुपर्ने हो रु यो पिडा अझै कति पिडीले भोग्नु पर्ने हो रु यस्ता यावत गम्भिर प्रश्नले मेरो मुटुलाइ अहिले पनि छियाछिया बनाउछ । अहिले पनि अवस्था उस्तै छ । फरक त्यती हो पहिला भारत जान्थे, अहिले अलि टाढा गएकाछन । साउदी कतार लगायतका खाडि मुलुक , पुर्व एसीयाली मुलुक मलेसिया , कोरिया, जापान, त्यस्तै अमेरिका क्यानडा एवंम अस्ट्रेलिया, बेलायत लगायतका संसारका थुप्रै देशमा कामका लागि जानुपर्ने बाध्यता अहिले पनि छ । झण्डै ४० लाख भन्दा बढि नेपाली अहिले पनि मुग्लानी बनेको अवस्था छ ।बिदेशका बिवसताका पिडा र दर्दहरुलाइ एक्कैछिन भएपनि बिर्सन र बिश्राम गर्न घर आउनुहुन्थ्यो । सायद घर सम्झेर आउन कति हतार हुन्छहोला उनै प्रदेसीको मनलाइ थाहाहोला । घरको प्रतिक्षा अझै हतार र अत्यासलाग्दो हुन्थ्यो । जेजस्ता पिडा मनमा तिर बनेर बसेपनि मुग्लान पसेका सबै दशै तिहार सम्झेर आउथे । सबैभन्दा धेरै खुसी ल्याउथे । रगत सुकाएर, पसिना बेचेर पैसा पनि ल्याउथे । घरमा चाहिने लत्ताकपडा बेडिङ्गमा बाधेर ल्याएको हामिले पनि देख्यौ । जे जे ल्याए पनि हामी केटाकेटीलाई लाहुरका चक्लेट नै प्यारा लाग्थे । चक्लेट खान पाइने हुदा कहिलेकाही मेरो बुबा पनि लाहुरे गए हुन्थ्यो जस्तो लाग्थ्यो । बुबा भने लाहुर जानू भएन । खेतीकिसानी, आधुनिक तरकारी, दुकान र पुजापाठको काम गर्नुहुन्थ्यो । त्यसैबाट हाम्रो दैनिकी चल्दथ्यो । उबेला बुटवलबाट भरिया बोकाएर सामान लगेर व्यापार शुरु गरेको किस्सा अहिले पनि सुनाउनुहुन्छ बुबाले ।

फेसबुकबाट तपाईको प्रतिक्रिया