नवरात्रिभरि व्रत बस्नुभयो , अब गर्नुस् यी ६ काम

२० आश्विन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
102 Shares


काठमाडौँ /नौ दिनसम्म देवी दुर्गाको पूजा आराधना गरेर नवरात्रि व्रत टीकाको दिन समाप्त हुन्छ ।माताका भक्तहरू नवरात्रिको सबै दिन व्रत राखेर नवमीमा कन्यापूजा र हवन गर्छन् ।व्रत सकिएपछि भोजन ग्रहण गर्दा तपाईंले स्वास्थ्यसम्बन्धी समस्या नआओस् भनी विशेष ध्यान राख्नुपर्छ ।

१ उपवास तोड्दा हल्का मात्र भोजन गर्नुस् । यसले तपाईंको शरीरलाई भारी हुन दिँदैन ।२ व्रतपछि भारी र तारेको भोजनले तपाईंको पाचनक्रिया बिगारिदिन्छ । सजिले पच्ने भोजन मात्र लिनुस् ।३ घन्टौंसम्म खाली पेट बसेर एक्कासि पेट भर्ने गरी खाँदा पेट दुख्ने समस्या आउँछ । त्यसैले एकैपटकमा थुप्रो खाना नखानुस् ।४ व्रतपछि खानुभन्दा पनि जल पिउनुमा ध्यान दिनुस् । पानी बाहेक लस्सी, नरिवल पानी र जुस लिनुस् । यसले तपाईं कमजोरी अनुभव हुन दिँदैन र खाली पेटले गर्दा हुने एसिडटी पनि भाग्छ ।५ व्रतपछि प्रोटीनले भरपूर आहार लिनुस् । नौ दिनको व्रतका कारण आएको कमजोरीलाई प्रोटीनले ऊर्जा दिलाउँछ । व्रत तोडेको केही समयपछि अंकुरित आहार लिनुस् ।६ मधुमेहको रोगी हुनुहुन्छ भने व्रत तोडेपछि केही खाएर सुगर लेभल जाँच्नुस् । रक्तचापको समस्या छ भने त्यो पनि चेक गर्नुस् । अरू समस्या आएमा चिकित्सकलाई सम्पर्क गर्नुस् ।साभार लोकान्तर अँनलाईन पत्रिका बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया