झकिझकाउ बिमस्टेक तयारी

१२ भाद्र २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
7 Shares


काठमाण्डौ / बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौँथो शिखर सम्मेलनको पुर्व सन्ध्यामा काठमाडौं झकिझकाउ भएको छ आजको नेपाल समाचार पत्रमा लेखिएको छ ।

पाहुनाको स्वागतार्थ काठमाडौं र ललितपुर महानगरपालिकाद्वारा ५७ वटा स्वागतद्धार बनाइएको छ । यस्तै विभिन्न सरकारी निकाय, बैक, संस्थान, उद्योग वाणिज्य महासंघ लगायतका निकायले पनि स्वागतद्धार बनाएका छन् । कामपाले त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल, नारायणहिटी दरबार, त्रिपुरेश्वर कान्तिपथ, कलंकी र सोल्टीमोडमा स्वागत द्धार बनाएको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न सरकारी, बैक, संस्थान लगायतका निकायलाई पत्र पठाई स्वागत द्धार बनाउन आग्रह गरेको थियो ।

राजधानीको सबै फ्ल्याग पोलमा नेपाल सहित ७ वटै राष्ट्रका झण्डा राखिएको छ । आज मंगलबारबाट विभिन्न देशका राष्ट्र र सरकारप्रमुखको उपस्थित हुने भएकाले काठमाडाँैलाई दुलही झै सिगारिएको छ ।
विमानस्थलदेखि, सोल्टी होटल, रत्नपार्कदेखि राष्ट्रपति भवन, चावहिलदेखि हायात होटल , थापाथलीदेखि कुपण्डोल हुदै पाटन दरबार क्षेत्रको सडक सिगारिएको छ । सडक छेउका फुटपाथमा रातारात ब्लक छापिएको छ भने पोलमा जेलिएको तार हटाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • संविधान संशोधनका पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
  • अमेरिकाका दर्जनौं शहरहरूमा हिंसा भड्किएसँगै सैन्य प्रहरी तैनाथ
  • आज मात्र थप १८९ जनामा कोरोनाको संक्रमण पुष्टि,भएसंगै संक्रमितको संख्या…
  • क्वारेन्टिनमा बसेकी बाजुराकी महिलाले बच्चा जन्माईन
  • किसानको तरकारी नगरपालिकाबाट खरिद बिक्री
  • क्वारेन्टाइन बसेर घर जाने प्रवासीलाई सित्तैमा कण्डम
  • स्कुल अफ डेमोक्रेसीको संरचना प्रदेश र जिल्ला तहमा ! गण्डकी…
  • जनमुक्ति पार्टीको माग : कोरोनाविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाऊ
  • रुकुमको घटनामा सत्य तथ्यका छानविनका लागी संसदीय समिति गठन गर्न…
  • रुकुम र देवदह घटनामा संयुक्त राष्ट्र संघको गम्भीर चासो ,…