मर्चवारमा प्रेस क्लब गठन

२१ आश्विन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
7 Shares


विगत लामो समय देखि ओझेलमा परेको रुपन्देहीको मर्चवार क्षेत्रका पत्रकाहरु संगठित भएका छन् । रुपन्देहीको विकट मानिने मर्चवारबाट विभिन्न सञ्चार माध्यमहरुमा यत्रतत्र छरिएर अब्यवस्थित रुपमा काम गरिरहेका संचारकार्मीहरु संगठित भएका हुन् ।अ–आफ्नो पेशागत सुरक्षा, संबृद्धि तथा हक अधिकारको सुनिश्चित्ताकालागि युवा संचारकर्मी हृदयराम गुप्ताको अध्यक्षतामा मर्चवार प्रेस क्लब नामक संस्था गठन गरी एकबद्ध भएका छन् ।नव गठित क्लबको उपाध्यक्ष अनिल कुमार तिवारी, सचिव परमशीला बनिया, कोषाध्यक्ष मो. असलम खाँ रहेका छन् । यसैगरी समितिका सदस्यहरु बिन्दु कुमार चौहान, शिवनन्दन जयसवाल, लक्ष्मी जयसवाल, शिवदास गुप्ता र दीपक कलवार रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया