दसैंको दिनमा समेत फोहर संकलन रोकिएन

प्रकाशित मिति:

देशैभर दशै मनाईदै गर्दा कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडा सदस्य बिष्णु प्रसाद बारी भने नगर सफाई अभियानमा सरीक छन । नगर सफाई गर्ने क्रममा कपिलवस्तु नगरपालिकाको फोहर संकलन गर्ने टयाक्टरका चालक बिरामी परे पछि वडा सदस्य बारीले आफै ट्याक्टर चलाएर फोहर संकलन गरेका छन । जन प्रतिनीधि र कर्मचारीलाई दशैको रौनकले छुदाँ बारी भने नगर सफाईका लागी नगरपालिको टयाक्टर चलाएर घर घरको फोहर संकलन गर्ने कार्यमा खटिए । नगर सफाइृका लागी वडा सदस्य बारीको भुमिका उदाहणीय रहेको स्थानिय बताउछन ।

वडा सदस्य बिष्णुले वडा र नगरपालिकाबाट कुनै अतिरिक्त सुबिधा नलिई नगर सफाईको अभियानमा खट्दै आएका छन । बर्षाका बेलामा ढल थुनिन नदिन उनले मोटरसाईकलमा कर्मचारीलाई राखेर नगरभरी पूग्ने गरेका छन । नगरपालिकामा फोहरमैला व्यवस्थित नभए नागरिकले वडा सदस्य बारीलाई नै गुनासो गर्ने गरेका छन । सबैले दशै मनाउदै गर्दा नगरमा सरसफाईको अभियानमा खटिएका बारीलाई सबैले उत्कृष्ट जनप्रतिनिधीको रुपमा देखेको कपिलवस्तु नगरपालिका १ का वडा अध्यक्ष सुदिप पौडेलले बताए । कपिलवस्तु नगर कार्यपालिकामा कुल ६२ सदस्य मध्य नगर सफाईमा वडा सदस्य बिष्णु बारीको भुमिकालाई नगरबासीले प्रशंसा गर्दै आएका छन । नगर क्षेत्रको सफाईलाई व्यवस्थित बनाउन कर्मचारीको अनुपस्थितीमा आफुले फोहर संकलन गर्ने गाडी चलाउनुका साथै ढल सफाई लगायतका कार्यमा अगुवाई गर्ने गरेको वडा सदस्य बिष्णु बारीले बताए ।