बलात्कृत नारीको कथामा चलचित्र “धुम्ली ” बन्ने

प्रकाशित मिति:

सुदिप गौतम- बुटवल /बलात्कृत नारीको कथामा आधारित नेपाली कथानक चलचित्र ” धुम्ली ” बन्ने भएको छ । बलात्कृत नारीले समाजमा भोग्ने पिडा र राजनितिक अस्थिरताका कारण उत्पन्न हुने सामाजिक समस्याको बारेमा चलचित्र निर्माण हुने भएको हो । गत आईतबार देबदहको चरंगेमा आयोजित एक समारोहमा मन्दिर परिसरमा शान्तिको प्रतिक १ जोडी परेवा उडाएर उक्त चलचित्रको शुभमुहर्त गरिएको थियो ।

चलचित्रमा चर्चित कलाकार सुरबिर पण्डित “दारी बा” , सुशील पोख्रेल , बोम बहादुर थापा ,बिनय उदय, भुवन खड्का,प्रेम कार्की , नबिन परियार, सुरेन्द्र बराल क्षेत्रि निशा सुनार, कमल ज्ञवाली सुदिप गौतम लगायतका कलाकारहरुको अभिनय रहने निर्माण युनिटले जानकारी दिएको छ । चलचित्रलाई तुल बहादुर थापा र सुदन गौतम सिड मिलेर बनाएका हुन् ,भने करिब २५ दिनमा छायांकन सकिने तालिका तयार भएको पछिल्लो समयका व्यस्त निर्देशक दिपक परियारले बताए ।चलचित्रको कथा सुदन गौतम सिड ले लेखेका छन । चलचित्रको सम्पूर्ण सम्पादनको जिम्मा स्टुडियो मेघाहर्जले लिएको छ |चलचित्र धुम्लीमा गणेश हिताङ ले एक्सनको निर्देशन पाटो सम्हालेका छन । चलचित्रमा दीपक परियारले कलाकारहरुलाई एक्सन कट गराउने छन । चलचित्रको छायांकन बुटवलका रमणीय क्षेत्र लगायात आसपासका ठाउमा गरिने भएको छ ।उक्त युनिटलाई हाम्रो तर्फदेखि सफलताको शुभकामना |