२ विधाको नोबेल पुरस्कार घोषणा, चिकित्सा र भौतिक विज्ञानमा ३-३ जना विजेता

प्रकाशित मिति:

एजेन्सी –यस वर्ष सन् २०१९को भौतिकशास्त्र तथा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भएको छ ।भौतिकशास्त्रमा दुई जना स्वीस वैज्ञानिक र एकजना क्यानाडाली–अमेरिकी वैज्ञानिकलाई संयुक्त रूपमा सो विधाको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । उनीहरुलाई खगोलशास्त्रको अध्ययनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पुरस्कृत गरिएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।पुरस्कृत हुनेहरुमा स्वीस वैज्ञानिकहरु माइकल मायोर र डिडियर क्वुलोज तथा अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका प्राध्यामक जेम्स पिबल्स रहेका छन् ।

जेनेभा विश्वविद्यालयले प्राध्यापकद्वयका तर्फबाट जारी गरेको विज्ञप्तिमा पुरस्कारको निर्णय निकै असाधारण र विशेष रहेको बताएको छ । विश्वविद्यालयले विज्ञप्तिमा भनेको छ, “दुबै स्वीस बैज्ञानिकले खगोल विज्ञानमा अदभूत योगदान गरेका छन् । उनीहरुले वर्तमान सौर्यमण्डल बाहिर पनि अर्को ग्रह रहेको पहिलोपटक पत्ता लगाए । यो ग्रहको नाम ५१ पेगासी बी राखिएको छ ।”अहिले वर्तमान सौर्यमण्डल बाहिर झण्डै २,००० ग्रह रहेको पत्ता लागिसकेको छ ।यसैगरी, चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार दुई जना अमेरिकी र एक जना बेलायती वैज्ञानिकलाई प्रदान गर्ने घोषणा गरिएको छ । उनीहरुलाई मानव शरीरका कोषहरुको खोज एवं अनुसन्धान गरेबापत उक्त पुरस्कार दिइएको हो । रक्तअल्पता, क्यान्सर र अरु प्राणघातक रोगहरुसँग लड्न नयाँ खोजले सघाउने नोबेल समितिले जनाएको छ ।यो पुरस्कार प्राप्त गर्नेहरुमा हार्वर्ड विश्वविद्यालयका डा विलियम जी काइलिन जुनियर, जोन्स हप्किन्स विश्वविद्यालयका ग्रेग एल सेमेन्जा र बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका पिटर जे राचक्लिफ रहनुभएको छ । सन् १९०१ यता यो पुरस्कार ११०औं पटक प्रदान गर्न लागिएको हो ।