दशैको बेला दशा लाग्यो: काठमडौंबाट सर्लाहीतर्फ जाँदै गरेको बस चितवनमा दुर्घटना, ३८ जना घाइते

प्रकाशित मिति:

चितवन –काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गएको यात्रु बाहक चितवनमा दुर्घटना भएको छ । दुर्घटनामा परी ३८ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ ।मंगलबार करिब रातको १२ बजे ना ५ ख ५३४४ नम्बरको यात्रुबाहक बस भरतपुर महानगरपालिका १२ स्थित आस्थाचोकमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले अनुसार बस अनियन्त्रित भइ सडक छेउमा रहेको पीपलको रुखमा ठोक्किएको छ ।

घाइते मध्ये ३० जनाको पुरानो मेडिकल कलेज र ८ जनाका चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।