चिनियाँ राष्ट्रपति सी शनिबार नेपाल आउने

२२ आश्विन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
44 Shares


काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनपिङ आगामी शनिबार नेपालको भ्रमणमा आउने भएका छन् ।परराष्ट्रमन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण शनिबारदेखि हुने जानकारी दिएको हो ।चिनियाँ राष्ट्रपति शनिबार काठमाडौं आइपुग्ने कार्यक्रम छ । आइतबार उनी चीन फर्किने कार्यतालिका छ ।

सीको नेपाल भ्रमणको बेला नेपाल र चीनबीच द्विपक्षीय हीत र विभिन्न परियोजनामा सम्झौता गर्ने कार्यक्रम छ । राष्ट्रपति सीको भ्रमणलाई लिएर सरकारले स्वागतको भव्य तयारी गरेको छ ।नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।राष्ट्रपति सीको भ्रमणको समयमा प्रयोग हुने चारवटा बुलेट प्रुफ कार मंगलबार मात्रै चीनबाट ल्याइएको थियो । एयर चाइनाको कार्गो विमानमा ल्याइएका उक्त कार नेपालस्थित चिनियाँ दूतावासमा राखिएको स्रोतले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • राप्ती गाउँपालिकाले मनाईयो ७०औँ प्रजातन्त्र दिवस
  • सडकमा रात विताउने नागरिक मुक्त राप्ती गाउँपालिका घोषणा गर्ने
  • फुटबल प्रतियोगिताको उपाधि बागमति युथ क्लब सर्लाहीले उचाल्यो
  • सभामुख घर्ती भन्नुहुन्छ – ब्यवसायिक शिक्षाले झन समस्या ल्यायो
  • ट्रंक कल विद्युत विलिङ्ग उद्योगी समस्यामा डेलिगेसन मुख्य मन्त्री कार्यालयमा
  • रुपन्देही उद्योग संघमा औषधी र कापी तथा स्टेशनरी वस्तुगत समिति…
  • लैङ्गिक हिंसा सम्बन्धी नीति र कानून विषयक अभिमुखीकरण सम्पन्न
  • संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपुर्ण : प्रदेश प्रमुख यादव
  • अपाङ्गता मैत्री शासन निर्माणमा स्थानिय तहको भुमिका विषयक कार्याशाला सम्पन्न
  • विश्व शान्तिको १५ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न