बाउकै ज्यान लिने छोरोसहित आमा प्रहरी नियन्त्रणमा

प्रकाशित मिति:

राजबिराज –आफनै बुवाको कुटपिट गरि हत्या गरेर फरार रहेका कान्छा छोरा र उनी आमा अर्थात् मृतककी श्रीमतीलाई आज सप्तरी प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका १ पकरी निवासी २३ वर्षीय नहिम पमरिया र उनको ५० बर्षीया आमा जमुनी खातुन रहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए ।पारिवारिक बिवादका कारण दुई दिनअघि आइतबार राति मदिराको सुरमा नहिम पमरियाले बुवालाई कुटपिट गरेका थिए । कुटपिटबा उनका ६२ वर्षीय बुवा मो। गफुर पमरियाको मृत्यु थियो । मृत्यु भएपछि मृतकका कान्छा छोरा नहिम र श्रीमती जमुनी खातुन फरार भएका थिए ।

पक्राउ परेका दुबै जना आमाछोराको हत्यामा संलग्नता रहेको गाउँलेहरुले आंशका गरेपछि अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिनुभयो ।दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले बुवासँग झगडा गरी कुटपिट गर्दा उनको मृत्यु भएको स्थानीयबासीको भनाइ छ ।यता पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय,सप्तरीले जनाएको छ ।