वडाअध्यक्षले मनाए माझी वस्तीमा दसैं

प्रकाशित मिति:

गल्याङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष महेश भट्टराईले हिन्दु हरुको महान चाड दशै गल्याङ ९ साखर स्थित अति विपन्न माझी बस्तीमा टिका लगाई मनाउनु भयो । वहाँले राहत स्वरुप खाद्यान्न एवम् नगद रकम समेत प्रदान गर्नुभएको थियो । त्यहाँ आयोजित छोटो शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ९ का वडा अध्यक्ष हरिलाल खनाल रहनुभएको थियोे भने विशिष्ट अतिथिहरुमा नेपाली काङ्ग्रेस साविक पकवादी गाविस अध्यक्ष नेत्र लाल अर्याल, गल्याङ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद भट्टराई तथा अतिथीहरुमा वडा सदस्य विष्णुमाया खनाल तथा प्रेस युनियन स्याङ्जाकि उपाध्यक्ष साधना न्यौपाने रहनुभएको थियो ।वडा नम्बर ९ कि वडा सदस्य विष्णु माया खनालको स्वागत मन्तव्य संगै शुरु भएको कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथी खनालले यसरी आर्थिक एवम सामाजिक रूपमा पिछडिएको माझी वस्तीमा दशै मनाउन पाउँदा खुसी लागेको बताउनुभयो । कार्यक्रमका आयोजक तथा गल्याङ वडा ३ का वडा अध्यक्ष महेश भट्टराईको सभापतित्वमा भएको कार्यक्रमको संचालन शालिकराम खनालले गर्नुभएको थियो ।