नेपाल आयरल्याण्डसँग १३ रनले पराजित

२२ आश्विन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
31 Shares


ओमानमा जारी ५ देश सम्मिलित पेन्टाकुलर सिरिजको आफ्नो तेश्रो खेलमा नेपाल पराजित भएको छ। नेपालका ब्याटसम्यानहरूले गतिलो प्रदर्शन गर्न नसकेपछि खेल नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको हो। आयरल्याण्डले ८ विकेटको क्षतिमा नेपाललाई १४६ रनको लक्ष्य दिएको थियो।नेपालका लागि सन्दीप लामिछाने र अभिनाश बोहोराले दुई(दुई विकेट लिए भने ललित नारायण राजवंशी र करण केसीले १(१ विकेट लिए।यस खेलमा नेपालको कमजोरी ब्याटिङमा नै देखियो। नेपालका आरिफ शेखले सर्वाधिक २६ रन जोडे भने कप्तान पारस खड्काले २५ रन बनाए। यसैगरी ओपनिङ ब्याट्सम्यान इशान पाण्डेले १९ रन जोडे। नेपालको इनिङ विनोद भण्डारी, सोमपाल कामी तथा सन्दिप जोरा १० रन भित्र पेभेलियन फर्किएपछि ध्वस्त बनेको थियो।त्यसपछि आठौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले छिटोछिटो रन बटुल्दै नेपाललाई जिततर्फ धकेल्ने प्रयास गरे पनि ९ बलमा १६ रन बनाएर छक्का प्रहार गर्ने क्रममा क्याच आउट भए।नेपालले पहिलो खेल हङकङसँग र दोस्रो नेदरल्यान्ड्ससँग खेलेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया