सामाजिक प्रेम कथामा आधारित लघु फिल्म सानो मन सार्बजनिक

प्रकाशित मिति:

सुदिप गौतम – बुटवल/ पछिलो समयका व्यस्त निर्देशक पंकी सुरज द्वारा छायांकन निर्देशन र सम्पादन गरेको लघु फिल्म ” सानो मन”सार्बजनिक भएको छ ।सामाजिक प्रेम कथामा आधारित उक्त लघु फिल्मले राम्रो प्रतिक्रिया आफ्नो टिमलाई आएको निर्देशक पंकी सुरजले बताए । माया प्रेममा आउने उतारचडाब तथा जातीय विभेदलाई पनि जोड्न खोजिएको छ

उक्त लघु फिल्ममा भुवन खड्का, अर्जुन, पुजा दिपक, भविश्वर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।पंकी सुरज र सफल क्रियसन बाट निर्माण भएको हो । निर्माता सुरज पछिल्लो समयमा भिडियो निर्माण गर्ने फोटोग्राफी ,भिडियो उत्पादन गर्ने लगायतका क्षेत्रमा क्रियासिल रहेका छन ।यस लगत्तै चलचित्र लब फर एबर र अन्य प्रस्तुतिहरु आउने सुरजले बताए ।नवलपरासी को सुनवलका सुरज फोटोग्राफी, निर्देशक र कलाकारितामा आफ्नो सपना रहेको उनले जनाए ।उनको त्यो सपना पुरा होस् हाम्रो शुभकामना । हेर्नुहोस हालसालै बजारमा आएको यो भिडियो ।सफलताको शुभकामना