द्रौपदीले पाँच पाण्डवसँग बिहे नगरेको भए के हुन्थ्र्यो

प्रकाशित मिति:

द्रौपदी महाभारतकी एक महत्वपूर्ण पात्र हुन् । द्रौपदी कस्ती थिइन् रु उनको चरित्र कस्तो थियो रु जीवन कस्तो थियो  यसबारे बुझ्न एकदम कठिन छ । उनलाई त केवल कृष्णले सम्झन सक्थे । द्रौपदी श्रीकृष्णका मित्र थिइन् । मित्रले नै मित्रलाई बुझ्न सक्छन् । के भनिन्छ भने द्रौपदीले यस्ता चार गल्ती गरेका थिए, जसको कारण महाभारत युद्ध भयो । पहिलो गल्ती उनी स्वयम्ले कर्णलाई सूत पुत्र भनेर अपमान गर्नु । दोस्रो गल्ती दुर्योधनलाई इन्द्रप्रस्थमा ‘अन्धाका छोरा पनि अन्धा’ भनेर अपमानित गर्नु, तेस्रो गल्ती जयद्रथको शिरको बाल मुडेर अपमान गर्नु, चौथो गल्ती पाँचौ चीर हरणपछि पाण्डवलाई युद्धका लागि उकास्नु । यी गल्तीमध्ये तेस्रो र चौथो गल्तीलाई गल्ती मान्न नसकिएला । किनभने यो परिस्थितिबस भएको कार्य थियो । द्रौपदीले कर्ण र दुर्योधनलाई अपमानित गरेकी थिइन्, जसको बदलामा जयद्रथ र दुर्योधनले द्रौपदीलाई अपमानित गरे । यद्यपि द्रौपदीको एक सबैभन्दा ठूलो गल्ती यो थियो कि उनले पाँच पाण्डवका साथ बिहे गर्न मञ्जुरी दिइन् ।खासगरी अर्जुनले स्वयम्वरको प्रतियोगिता जितेका थिए । यद्यपि कुन परिस्थितिले गर्दा द्रौपदीले पाँच पान्डवको पत्नी बन्न स्वीकार गरिन् रु यदि उनले स्वीकार नगरेको भए आज इतिहास अरु हुनसक्थ्यो ।

द्रौपदी कुन्तीले भनेपछि वा स्वयबरपछि युधिष्ठिर र वेद व्यासले भनेकाले पाँच जनासँग विवाह गर्न राजी भइन् यदि उनले पाँच जनाको पत्नी हुन स्वीकार नगरेको भए रु निःसन्देह उनी अर्जुनकी पत्नी हुने थिइन् । यो पनि सम्भव छ कि यदि उनले पाँच जनासँग विवाह नगरेको भए कर्णको पत्नी हुन सक्थिन् । तब महाभारत अरु नै हुनसक्थ्यो ।एक कथाअनुसार द्रौपदीले सबै पाण्डव र श्रीकृष्णको सामुन्ने यो स्वीकार गरेकी थिइन् कि ‘म तपाईंहरु पाँच जनालाई प्रेम गर्छु, तर म अरु छैठौं पुरुषलाई पनि प्रेम गर्छु । म कर्णलाई प्रेम गर्छु । जातिको कारण उनीसँग विवाह नगरेकोमा मलाई पश्चाताप भएको छ । यदि मैले कर्णसँग विवाह गरेको भए सायद मैले यति धेरै दुःख झेल्नु पर्ने थिएन । मलाई सायद यति कठोर अनुभवबाट गुज्रनुपर्ने थिएन । म शिक्षित भएर पनि विना सोंच(विचार अपनाएको कामका लागि पछुतो छ । उल्लेखनीय के भने यो कथामा युधिष्ठिरले पाण्डवका साथ भएको सबै नराम्रो घटनाक्रमका लागि द्रौपदीलाई जिम्मेवार ठहराएका थिए ।द्रौपदीले एक वर्षको अन्तरालमा पाँच पाण्डवबाट एक(एक जना पुत्रलाई जन्म दिएकी थिइन् । तर दुर्भाग्य, यी पाँच पुत्रलाई अश्वत्थामाले मारिदिए ।पाण्डवहरुको बाबुको नाम पाण्डु थियो । उनी यदुवंशी राजा थिए । पाण्डुका दुई पत्नी थिए, कुन्ती र माद्री । युधिष्ठिर, भीम र अर्जुनको आमा कुन्ती थिइन् भने नकुल र सहदेवको आमा माद्री थिइन् ।