आजको दिन

प्रकाशित मिति:

आज विक्रम संवत् २०७६ साल आश्विन महिनाको २३ गते बिहीवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत आश्विन शुक्लपक्षको द्वादशी तिथि बेलुका ७।५३ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईशा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । शतभिषा नक्षत्र राति ३।२१ बजेसम्म रहनेछ । गण्ड योग र बब करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।०२ मा छ भने सूर्यास्त बेलुका ५।३९ बजे हुनेछ । चन्द्रमा आज कुम्भ राशिमा छन् । आज द्वादशी तिथि विष्णु भगवान्को उपासना सँगै पहेला वस्तुको प्रयोग शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्