एनआरएनको अध्यक्षमा पन्त,महासचिवमा पौडेल,सचिवमा जोशी र कोषाध्यक्षमा श्रेष्ठ लोकप्रिय

प्रकाशित मिति:

प्रकाश अधिकारी – गैह्र आवासीय नेपाल संघ(एनआरएन)को विश्व सम्मेलन नजिकिँदै गर्दा उम्मेदवारहरू भेटघाट र छलफलमा व्यस्त भइरहेका छन्। विश्वभर छरिएर रहेका नेपालीहरू करिब ६५ मुलुकबाट करिब ३ हजार प्रतिनिधि काठमाडौ आउने क्रम जारी रहेको छ। अध्यक्षका बलियो दावेदार रहेका कुमार पन्त लोकप्रिय उम्मेदवार हुन्। पन्त १६ वर्षअघि निरन्तर संघमा रहेर काम गरेका व्यक्ति हुन् उनि हाल वरिष्ठ उपाध्यक्ष छन्। त्यस्तै महासचिवमा अमेरिकाका डा. केशव पौडेल रहेका छन्। पौडेल अमेरिकाको दुई कार्यकाल अध्यक्ष भैसकेका व्यक्ति हुन् भने सचिव पदमा अमेरिककाका क्षेत्रीय संयोजक रहेका गौरीराज जोशी बलियो उम्मेदवार हुन्। कोषाध्यक्ष पदमा भने जापानका महेश श्रेष्ठ बलियो उम्मेदवारीका रूपमा हेरिएका छन्।