रुपन्देही –नेपाल घुम्न आएका भारतीय सीमा क्षेत्रमा कुटिएका छन् ।भारतीय अनलाईनहरुका अनुसार अनुसार लखनऊबाट नेपाल आएका भारतीयहरुको एक समूहलाई आइतवार राति नेपालीको समूहले कुटपीट गरेका हुन् ।बेलहिया नाकामा टेम्पोमा सवार भारतीय नागरिकलाई नेपाली पक्षले निर्घात कुटपिट गरेको समाचारमा जनाइएको छ ।कुटपिट हुन थालेपछि ति भारतीय नागरिक प्रहरी चौकीमा प्रवेश गरि ज्यान जोगाउन सफल भएको भारतीय अनलाइनहरुमा समाचार छ ।
नेपाल प्रहरीको चौकीमा लुकेका उनलाई दर्जन भन्दा धेरै संख्यमा रहेका नेपालीले चौकी भित्रै प्रवेश गरि कुटेको आरोप भारतीय सञ्चारमाध्यमहरुले लगाएका छन् ।पछि प्रहरीले स्थितिलाई निन्त्रणमा लिएको थियो ।सलोनी चौकीका इन्चार्ज विनोद रायका अनुसार भारतीय पर्यकटकमा चार महिला र आठ पुरुषसहित १२ जना थिए । झगडा के कारणले पर्यो भन्ने विषयमा भने समाचारमा केही जनाइएको छैन् ।खबरहब