राइजिङ् क्लबको बडादशैं बालगृहमा

प्रकाशित मिति:

भैरहवा, २३ असोज ।  यति बेला नेपालीहरुको महान पर्व बडादशैंको अवसरमा नेपालीहरु मान्यजनबाट टीका तथा जमरा लगाउन र आर्शीवाद लिन व्यस्त छन् । मान्यजनको घर पुगेर टीका र जमरा लगाउन उनीहरुलाई भ्याइनभ्याइ छ । तर भैरहवामा क्रियाशिल एक सामाजिक संस्थाले भने बडादशैं बालगृहमा रहेका बालबालिकाहरुसंग मनाएको छ । राइजि¨ क्लब नेपालले रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित बालगृहमा खाद्यान्न तथा स्टेशनरी सामाग्री वितरण गरेको हो । “भाडाको घरमा सञ्चालित हुँदै आएको बाल गृहमा बालिबालिकाहरुको खाना तथा शिक्षाको लागि सहयोगी हातहरुबाट जुट्दै आएकोले क्लबले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत खाद्यान्न तथा स्टेशनरी सामाग्री वितरण गरिएको हो, क्लबका अध्यक्ष सागर न्यौपानेले भने ।” उनले आगामी दिनमा पनि बाल गृहलाई आवश्यक सामाग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य सरोज ठकुरीले अभिभावकबिहीन बालबालिकालाई सहयोग गर्नु सबैको दायित्व भएको बताए ।

उनले विगतमा आफ्नो जन्मदिन बालगृहमा नै मनाएको स्मरण गर्दै बालबालिकाको मुहारमा खुशी देखिए आत्मसन्तुष्टी प्रदान हुने बताए । राइजि¨ क्लबका सल्लाहकार समेत रहेका ठकुरीले उर्जाशिल युवाहरुले समाज परिवर्तनमा महत्वपूर्ण भुमिका खेल्ने भएकोले सामाजिक कार्यमा लाग्न आग्रह गरे ।विशिष्ट अतिथि बालगृहका सञ्चालक कृष्णमाया गुरुङले सहयोगी हातहरुले सञ्चालन भएको बालगृहलाई आगामी दिनमा पनि यस्ता खालको सहयोगहरु जुट्ने विश्वास गरिन् ।क्लबका मर्यादापालक ममता के.सी.को स्वागत तथा सचिव प्रतिक्षा भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर रुपन्देहीका कार्यसमिति सदस्य एवं जनतापाटी डटकम प्रदेश ५ का प्रतिनिधि रबिन्द्र प्रताप गुप्ता, हिमालिनी डटकम भैरहवाका संवाददाता महेश गुप्ता लगायतको आतिथ्यता रहेको थियो । सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीका सुपुत्र विजय अधिकारीले आफ्नो जन्मदिनको अवसरमा क्लबलाई आर्थिक सहयोग गरेको र सोही रकमले क्लबले बालगृहमा खाद्यान्न तथा स्टेशनरी सामाग्री वितरण गरेको जनाएको छ । क्लबले यस अघि रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित दुर्गा मन्दिरमा आउने भक्तजनहरुको जुता तथा चप्पल व्यवस्थापन गरेको क्लबका कोषाध्यक्ष आशिष पन्तले बताए ।