सडक नबलाएको भन्दै मेक्सिकोमा एक मेयरलाई ट्रकमा बाँधेर घिसारियो

प्रकाशित मिति:

एजेन्सी । मेक्सिकोको दक्षिणी भागका एक मेयरलाई जबरजस्ती एक पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेको घटनामा ११ जनालाई गिरफ्तार गरिएको छ ।मेयर जर्ज लुइस एस्कन्डोन हर्नाडेजलाई केही परसम्म तानेपछि स्थानीय प्रहरीहरुले जोगाएका थिए । समाचारहरुका अनुसार मेयरलाई ठूलो चोट भने लागेको छैन ।प्रारम्भिक रिपोर्टमा मेयरमाथि किसानले आक्रमण गरेको बताइएको छ । किसानहरुले नै यस अघि पनि एस्कन्डोनमाथि आक्रमण थिए ।चुनावको समयमा मेयरले आफूहरुसँग गरेको वाचा अनुरुप स्थानीय सडक मर्मतको नगरेकोले यस्तो कदम चालिएको किसानहरुले बताएका छन् ।अहिले चिएपास राज्यस्थित उक्त गाँउमा अतिरिक्त सुरक्षाकर्मी तैनाथ गरिएको छ ।एस्कन्डोनले पक्राउ परेकाहरुमाथि ज्यान मार्ने प्रयास वा अपहरण गर्ने प्रयासमा मुद्दा दायर गरेका छन् ।

मेयर कार्यालयबाहिर रहेका एक प्रत्यक्षदर्शीले खिचेको भिडियोमा पुरुषहरुको एक समूह मेयरलाई जबरजस्ती कार्यालयबाहिर निकालिरहेको र त्यसपछि बाहनमा बाँधेको देखिन्छ ।एक सीसीटीभी फुटेजमा ट्रकको पछाडि हातमा डोरी बाँधेर उनलाई स्यान्टा रीटाको सडकमा तानिदैं गरेको देखिन्छ ।दजनौँ प्रहरीले केही समयको प्रयासपछि मेयरलाई घिसार्दै अघि बढेको वाहनलाई रोक्न सफल भएका थिए । प्रहरी र मेयरलाई घिसार्दै अघि बढेका पुरुषबीच भएको झडप पनि भएको थियो । त्यसक्रममा कयैन घाइते भएको खबर छ ।यस अघि पनि चार महिना पहिले, एक घटनामा एक समूहले कार्यालयमा नभएको समयमा तोडफोड गरेका थिए । त्यो समय मेयर कार्यालयमा थिएनन् ।एस्कन्डोन आफै पनि चुनावको समय प्रहरीको गिरफ्तारीमा परेका थिए ।लास मार्गरिटासमा मेयर चुनावको दौरान प्रतिद्वन्दी उम्मेद्वारका समर्थकहरुसँग भएको एक विवादमा जोडेर उनलाई पक्राउ गरिएको थियो ।तथापि, प्रमाणको अभावमा उनलाई मुक्त गरिएको थियो ।