५ वर्षमा गण्डकी प्रदेश उज्यालो प्रदेश बन्छ : मुख्यसचिब बस्याल

२३ आश्विन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
64 Shares


ललित पाण्डेय स्याङ्गजा, २३ असोज  गण्डकी प्रदेशका मुख्यसचिब हरि प्रसाद बस्यालले गण्डकी प्रदेश उज्यालो प्रदेशको अभियानमा सरकार लागि परेको बताउँदै ५ वर्ष भित्रमा प्रदेशका सबै गाउँ गाउँमा बिजुली पुग्ने दाबी गर्नु भएको छ । स्याङ्गजाको कालिगण्डकी गाउँपालिका वडा नं। २ कोटाकोटमा रहेको समाज कल्याण युवा परिवारको १६ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले उज्यालो प्रदेश र प्रत्येक घर घरमा खानेपानी विस्तार योजनालाई तिव्रता दिएको बताउँनु भएको छ । प्रदेश सरकारले ५ वर्ष भित्रमा घर घरमा खानेपानीको धारा पुराउँछ उँहाले भन्नुभयो अब खानेपानीबाट कुनै पनि परिवार बञ्चित हुने छैनन । कार्यक्रमको प्रमुख अथिति समेत रहनु भएका बस्यालले कालिगण्डकीको तिरमा रहेको शिलाको संरक्षणसँगै कोटाकोटमा बन्दै गरेको दुर्गा भवानी मन्दिरको विकासको लागि प्रतिबद्धता समेत जनाउँनु भएको छ । बस्यालले भन्नुभयो यो क्षेत्र धार्मिक दृष्टिकोणले अतिमहत्वपूर्ण रहेको छ , कालिगण्डकी नदिले घेरेको यस स्थललाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न आवश्यकता रहेकोमा जोड दिनुभयो । युवाहरुलाई गाउँमा नै रोजगारि प्रदान गर्नको लागि शिक्षाको महत्वपूर्ण भूमिका रहेकाले यँहाका रहेका विद्यालयमा सुधार भई गुणस्तरिय शिक्षा प्रदान गर्नु पर्ने उँहाले बताउँनुभयो । आर्थिक समृद्धिको लागि गाउँ घरमा नै उत्पादनमा जोड दिन आवश्यकता रहेको बस्यालको भनाई छ । नेपाली कांग्रेस वुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डेयले कालिगण्डकी गाउँपालिकालाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न आवश्यकता रहेकोमा जोड दिनुभयो । कालिगण्डकी गाउँपालिकामा रहेको ऐतिहासिक धार्मिक स्थल आलमदेवि, बडहरकुन शिला , गुल्मीको हिलेशिद्धबाबा, रुद्धबेणी क्षेत्रलाई जोडेर विकास गर्न तिनै सरकारले ध्यान दिनु पर्ने बताउँनुभयो ।

यस क्षेत्र मगर र ब्रामण समुदायको बाहुल्या रहेकोले साँस्कृतिक रुपले पनि धनि रहेकाले लोक संस्कृतिको संरक्षणको लागि स्थानीय सरकारलाई आग्रह गर्नुभयो । विकास निर्माणका कामसँगै सांस्कृतिक संरक्षणमा समेत जोड दिन आवश्यकता रहेको पाण्डेयको भनाई छ ।कालिगण्डकी गाउँपालिका वडा नं। २ का अध्यक्ष नर बहादुर रानाले यस क्षेत्रलाई खेतियोग्य भूमीको रुपमा विकास गर्नको लागि कालिगण्डकी नदिको पानीलाई लिफ्टको माध्यमबाट सिचाई गरिने योजना अगि सारेको जानकारी दिनुभएको छ । कालिगण्डकीको पानीलाई सिचाईको रुपमा प्रयोग गर्नको लागि डिपिआर तयार हुँदै गरेको उँहाले बताउँद प्रदेश सरकारको सहयोग गर्नु पर्ने बताउँनुभयो । क्लबका अध्यक्ष लिलामणी पाण्डेयले क्लबले यस क्षेत्रमा सामाजिक कामसँगै संस्कृतिको सं रक्षणमा लागेकोले तिनै सरकारले सहयोगको अपेक्षा राख्नुभयो । क्लबले यस क्षेत्रको धार्मिक विकासको लागि दुर्गा भवानी मन्दिर निर्माणमा लागेका छौं उँहाले भन्नुभयो स्थानीयको सहयोगमा अहिले निर्माणाधिन अवस्थामा रहेकोले प्रदेश र स्थानीय सरकारले ध्यान दिनु पर्ने बताउँनुभयो । क्लबका सल्हाकार लेखराज पाण्डेयले यस क्षेत्रलाई धार्मिक पर्यटकियको रुपमा विकास गर्नको लागि दुर्गा भवानी मन्दिरको भूमिका महत्वपूर्ण हुने बताउँनुभयो । वडा सदस्य विष्णु प्रसाद पाण्डेय, नेकपा कालिगण्डकीका अध्यक्ष कृष्ण बहादुर लामिक्षाने, आर्दश माविका प्रधानध्यापक भिम बहादुर थापा , कोटाकोट मगर समाज सेवाका अध्यक्ष डम्बर राना , ओम बहादुर सिंजाली लगायतले कार्यक्रममा बोलेका थिए । समाजक कल्याण युवा परिवारका अध्यक्ष लिलामणी पाण्डेयको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा क्लबका सचिब कृष्ण पाण्डेयको स्वागत तथा लेखराज पाण्डेयको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • एकद्वार प्रणाली मार्फत वडा बिपन्नलाई राहत उपलब्ध गराउने
  • मनकारी घरबेटी : जसले काठमाडौमा रहेको घरको भाडा नलीने
  • मनकारी घरबेटी : जसले १६ सटरको भाडा नलीने
  • शिर्जनशिल बहुउद्देशीय क्लव द्धरा मास्क र साबुन वितरण
  • अधिवक्ता कृष्ण पोखरेल द्धारा घर भाडा छुट दिने घोषणा ।
  • नेविसंघले वितरण गर्यो सन्चारकर्मीलाई मास्क, स्यानिटाइजर, र ग्लोब्स
  • कोरोनाको रोकथाममा सरकार गैरजिम्मेवार बनेकोप्रति नेकपा नवलपुरको आपत्ति
  • वली सरकार जनताको जनजीविका र स्वास्थ्यप्रति गम्भीर बनेन : सङ्गम,…
  • सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण गर्न नपाईने :…
  • काग्रेस प्रवक्ताले भने संकटका नाममा भ्रष्टचारले उन्मुक्ति पाउनुहुन्न