काठमाडौँबाट सुर्खेत हिँडेको जिप नवलपरासीमा दुर्घटना

प्रकाशित मिति:

नवलपरासी-महेन्द्र राजमार्ग अन्तर्गत पूर्बी नवलपरासीको कावासोती  १६, डण्डामा गएराति भएको दुर्घटनामा परी जिप चालकको मृत्यु भएको छ ।मृत्युु हुनेमा जिप चालक पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको जमुनिया बस्ने बर्ष २५ को वलिराम सुनारको रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

काठमाडौँबाट सुर्खेतका लागि हिडेको ना ७ ख ५८१५ नम्बर बस र पश्चिम नवलपरासी गोपिगन्जबाट नारायणगढ केरा लिएर जाँदै गरेको लु २ च ६०७० नम्बर जिप ठोकिदा जिप चालकको च्याप्पियर मृत्यु भएको थियो ।