सरकारी कर्मचारीको घिन लाग्दो चरित्र :मालपोत कार्यालयका हाकिम आपत्तिजनक अवस्थामा पक्राउ

प्रकाशित मिति:

कञ्चनपुर- कञ्चनपुरको बेलौरीस्थित मालपोत कार्यालयका प्रमुख एक बिबाहित महिलाको घरबाट पक्राउ परेका छन् ।स्थानीयको सूचनाका आधारमा प्रहरीले मालपोत कार्यालय बेलौरीका प्रमुख भोज बहादुर ऐडी पक्राउ परेका हुन् । मालपोत प्रमुख ऐडीसहित उनलाई घरमा बोलाउने महिला पनि पक्राउ परेकी छन् ।इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार मालपोत प्रमुख ऐडी र महिला बुधबार राति आपत्तिजनक अवस्थामा पक्राउ परेका हुन् ।

महिलाका परिवारका सदस्यले दिएको उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका इञ्चार्ज प्रहरी निरीक्षक (इन्सपेक्टर) रण बहादुर चन्दले जानकारी दिए ।प्रहरीले मालपोत प्रमुख ऐडी र महिलाका परिवारलाई बोलाएर छलफल गरेपछि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ । साभार : खबरहब