नेपाली कांग्रेस कालीगण्डकी गाउपालीका वडा नं २ स्याङ्जामा चियापान

२३ आश्विन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
90 Shares


स्याङ्जा । नेपाली कांग्रेस कालीगण्डकी गाउपालीका वडा नं २ स्याङ्जाको चियापान कार्यक्रम सम्पन्न भएको छ । पुर्व सांसद शंकर प्रसाद पाण्डेयको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस बुटवल उपमहानगर समीती सभापती खेलराज पाण्डेयको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा  नेविसंघ पुर्व केन्द्रीय सदस्य युवराज पाण्डेय ,गाउपालीकाका अध्यक्षका उम्मेदवार शेर वहादुर थापा ,वडा २ का अध्यक्ष नरवहादुर राना ,४ का अध्यक्ष चक्रपाणी पाण्डेय ,नेपाल तरुण दल कालीगण्डकीका संयोजक सुन्दर पाण्डेय लगायतले मन्तव्य राख्नु भएको थियो । वडा संयोजक यानविर सी रानाको अध्यक्षता तथा प्रदिप पाण्डेयको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया