लसर्घामा भलीवल प्रतियोगीता शुरु

२३ आश्विन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
58 Shares


लसर्घा । स्याङ्जा जिल्लाको कालीगण्डकी गाउपालीका वडा नं २ मा रहेको श्री आलमदेबी बहुउदेश्यीय ग्रामीण सेवा परिवारको २०औँ बार्षिक उत्सवको अवसरमा आयोजीत भिलवल प्रतियोगीता एक समाहरोहका विच पुर्व सांसद शंकर प्रसाद पाण्डेयले उद्घाटन गर्नु भएको छ । स्व ठाकुर रानाको स्मृतिमा पुरुष तथा महीला भलीवल प्रतियोगीता आयोजना गरीएको हो । कल्वका अध्यक्ष बुद्ध सी रानाको अध्यक्षतामा भएको उद्घाटन समाहरोहमा बुटवल उपमहानगर सभापती खेलराज पाण्डेय ,नेविसंघ पुर्व केन्द्रीय सदस्य युवराज पाण्डेय , वडा अध्यक्षहरु नरवहादुर राना ,चक्रपाणी पाण्डेय ,कालीगण्डकी गाउपालीका तरुण दल संयोजक सुन्दर पाण्डेय , नेका क्षेत्रीय सदस्य छवी गाहा लगायतको उपस्थीती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया