श्रृजनशील बहुउदेश्यीय क्लव कोटाकोट को वार्षीक उत्सब

२३ आश्विन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
90 Shares


कोटाकोट । स्याङ्जा जिल्लाको कालीगण्डकी गाउपालीका वडा नं २ मा रहेको श्रृजनशील बहुउदेश्यीय क्लव कोटाकोट को बार्षीक उत्सव एक समाहरोहका विच सम्पन्न भएको छ । वडा अध्यक्ष नर वहादुर रानाको प्रमुख आथिथ्यता तथा नेपाली कांग्रेस वुटवल उपमहानगरपालीका सभापती खेलराज पाण्डेयको विशीष्ट आथिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य क्लवका सल्लाहाकार भविश्वर पाण्डेयले राख्नु भएको थियो । कार्यक्रममा मगर समाज का अध्यक्ष डम्वर राना ,समाजकल्याण युवा क्लवका अध्यक्ष लीलामणी पाण्डेय लगायतको उपस्थीती रहेको थियो । क्लवका अध्यक्ष विष्णु प्रसाद पाण्डेयको अध्यक्षता तथा रमेश पाण्डेयको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ११ बृद वुवा आमालाई सम्मान गरीएको थियो भने एसीईईमा उत्कृष्ट अंक ल्याउने रक्षा पाण्डेय ,प्लस टुमा उत्कृष्ट अंक ल्याउने दीपीका पाण्डेयलाई सम्मान गरीएको थियो । क्लवका कोषाध्यक्ष गिरी प्रसाद पाण्डेयले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया