भेटघाटलाई तिब्रता दिदै एनआरएन सचिव पदका उम्मेदवार अधिकारी भन्छन् नतिजा मेरो पक्षमा आउँछ

प्रकाशित मिति:

काठमाडौँ । गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् ९एनआरएनएरआईसीसी सचिवमा विनय अधिकारीले उम्मेदवारी घोषणा गरिसकेका छन् । नेपाल संसारसंग टेलिफोनमा कुरागर्दै उम्मेदवार बनेका अधिकारीले सो कुरा बताएका हुन् । अधिकारीले एनआरएनमा अब युवा जमातले नेतृत्व गर्नुपर्ने र नेतृत्व तहमा युवा जमातको पक्कट जमाउन आफ्‍नो सचिवमा उम्मेदवारी रहने बताए । अधिकारीले भने साथीहरुसंग तिब्र रुपमा भेटघाट हुँदैछ हामी नतिजा मेरो पक्षमा आउँनेमा ढुक्क छु । बिश्वभरका गैर आवासीय नेपाली संघ एनसिसिका केन्द्रिय प्रतिनिधिहरु र मतदाताहरुको काठमाडौँ पुगिसकेका छन् ।

नेपालको हरेक क्षेत्रमा काम गर्दै आएका अधिकारी युवा अवस्थामै अध्ययन र कामको सिलसिलामा कतारमा गएका थिए । कतार र दुवईमा गरि करिब एक दसक बिताएको उनले मजदूरहरुको पिडा प्रत्यक्ष रुपमा अनुभव गरेका छन् । जीवनको यात्रा संगै अधिकारी यूके प्रस्थान गरे । उनि तल्लो तहदेखि काम गर्दे आएकोले होला विशेष गरि मध्यपूर्वमा नेपाली श्रमिकहरुले के कस्तो समस्या भोग्नु पर्छ भन्ने स्पष्ट जानकार छन् ।बेलायतमा बसे पनि विशेष गरि मध्य पूर्वको समस्यालाई नै पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने अधिकारी एनआरएनको सचिवमा उम्मेदवार हुँदा अर्को प्रमुख एजेन्डा नेपाली नागरिकताको निरन्तरता पनि राखेका छन् । अहिले संसदमा विचारधीन रहेको नागरिकता विध्येक कार्यान्वयनमा नआएसम्म साँच्चो अर्थमा गैर आवासीय नेपालीको माग पूरा नहुने अधिकारीको बुझाई छ ।

एनआरएन नागरिकतासँगै मध्यपूर्व र मलेसियामा नेपाली श्रमिकका विकराल समस्यालाई समाधानतर्फ केन्द्रित हुने अधिकारीका कार्येयोजनहरु १  संस्थालाई सबै नेपालीको अपनत्व महशुस गराउने, बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको हकहीतको लागि एनआरएनलाई समर्पित गर्ने,२  एनआरएन धनीको चन्दाले हैन गरीबको पसिनाले चलेको छ भन्ने कुराको पुष्टि गर्न अभियान सञ्चालन गर्ने ३  अर्थतन्त्रको एक तिहाई भाग रेमिटेन्समार्फत योगदान गर्ने मध्यपूर्वबाट संघर्ष गर्नेलाई साथ दिने ४  मजदूरहरुको सामाजिक सुरक्षाको मुद्दा उठान गर्ने, सुरक्षित बैदेशिक रोजगारीको प्रत्याभूति प्रदान गर्न । ५  दुबई, कतार, साउदी जस्तो नेपाली जनसंख्या धेरै भएको ठाउँमा सबैलाई सजिलो पर्ने ठाउँमा कन्सुलर सेवा राख्ने ६  एक प्रवासी नेपाली सँग कम्तीमा एक डलर लगानी गरौ अभियान सन्चालन गर्ने ।