चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राष्ट्रपति भण्डारीले विमानस्थलमै स्वागत गर्ने

प्रकाशित मिति:

काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै स्वागत गर्ने हुनु भएको छ ।सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रपति भण्डारीकै मैंत्रीपूर्ण निमन्त्रणमा नेपालको राजकीय भ्रमणमा आउन लाग्नुभएका चिनियाँ राष्ट्रपति सीलाई स्वागत पनि राष्ट्रपतिले गर्ने जानकारी दिनु भएको हो । मन्त्री बास्कोटाले भ्रमणका लागि सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको पनि जानकारी दिनुभयो । भ्रमणलाई पूर्ण रुपमा सफल र ऐतिहासिक बनाउन पूर्ण रुपले सचेत रहेको र भ्रमणलाई दुबै देशले गम्भिरतापूर्वक लिएको छ । संचारमन्त्री बाँस्कोटाले भ्रमणका क्रममा नेपालले दुई मुलुकबीचको कनेक्टिभीटीमा जोड दिने पनि बताउनु भयो ।