मानसिक रुपमा कसरी स्वस्थ हुने

प्रकाशित मिति:

हामी ज्यादातर आफ्नो शारीरिक स्वास्थ्यलाई ज्यादातर ध्यान दिएपनि मानसिक स्वास्थ्यमा हामीहरु लापरबाही गर्ने गरेका हुन्छौं । तर, हाम्रोलागि शारीरिक भन्दा पनि मानसिक स्वास्थ्य धेरै महत्वपूर्ण मानिन्छ । मानिसको शरीर सञ्चालनको लागि समेत मस्तिस्क स्वस्थ हुनु अनिवार्य छ । शारीरिक स्वास्थ्यको लागि हामी खानपिनमा ध्यान दिने गर्दछौं । शारीरिक व्यायाम पौष्टिक आहार आदिमा ध्यान दिएर शरीरलाई स्वस्थ राख्न सकिन्छ । त्यसैगरी मानिसको स्वास्थ्यको लागि पनि हामीले हाम्रो मस्तिस्कको हेरचाह गर्नुपर्ने हुन्छ । आजका मानिसहरुमा कम शारीरिक समस्या र धेरै मानसिक समस्या हुने गरेको पाईन्छ । मानसिक रुपमा समस्या भएको कारणले नै हामीहरुमा अन्य स्वास्थ्य समस्याहरु समेत रहेको पाईएको छ । विश्वभरका मानसिक रोगीहरुलाई र रोग नलागेकाहरुलाई समेत आफ्नो मानसिक स्वास्थ्य प्रति जागरुक बनाउनको लागि १० अक्टोवरको दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाउने गरिएको छ । मानसिक रोग मन र मस्तिस्कमा लाग्ने रोग हो । चलायमान मनले नै शरीरलाई सही वा गलत मार्गमा लैजाने गर्दछ । त्यसैले मानसिक रोगको प्रभाव पनि मन र मस्तिस्कमा लाग्ने गर्दछ ।

मनको स्वास्थ्य भावनासँग जोडिएको हुन्छ भने मस्तिस्कको स्वास्थ्य भौतिक बस्तुसँग जोडिएको हुन्छ । कुनैपनि मनलाई विक्षिप्त बनाउने घटनाले मनलाई अस्वस्थ बनाउने गर्दछ भने कुनैपनि बाहिरी एवं आन्तरिक चोटका कारण यस्तो रोग लाग्ने गरेको पाईन्छ । अर्को एक किसिमको मानसिक रोग सरुवा रोगको रुपमा समेत रहेको हुन्छ । जुन एक प्राणीबाट अर्को प्राणीमा सर्ने गर्दछ । मानसिक रोगहरुमा रेबिज, छारेरोग, पागलपन, अनिद्रा, निराशा, हिस्टेरिया आदि सरुवा रोगका उदाहरणहरु हुन् ।

कसरी राख्ने मनलाई स्वस्थ  १  सकारात्मक सोच सोच हामीले जस्तो सुकै परिस्थितिमा पनि सकारात्मक सोच बनाउने हो भने हामी मानसिक रोगको शिकार बन्ने सम्भावना निकै कम हुन्छ । यस्तो काम सजिलो भने छैन । तर, अभ्यास गर्दै जाँदा बिस्तारै सकारात्मक सोचको विकास हुँदै जान्छ । । २ नकारात्मक बिचारबाट दुरी राख्नुपर्छ धेरै मानिसहरुमा नकारात्मक सोच, अरुसँग तुलना गर्नु, अरुसँग जलन हुनु, कसैको नराम्रो चाहनु, बदलाको भावना राख्नु आदि कारणले नै शारीरिक एवं मानसिक कमजोरीको विकास भएको हुन्छ । यस्ता सोचाई एवं भावनाले हाम्रो मस्तिस्कमा आवश्यकताभन्दा धेरै विचार उत्पन्न हुने गर्छ । जसले गर्दा दिलको गति बढ्न थाल्छ । जसका कारण हाईपरटेन्सन जस्ता रोगले आक्रमण गर्ने सम्भावना हुन्छ । त्यसैले नकारात्मक गतिबाट टाढा भएर सकारात्मक सोचलाई पश्रय दिनु नै मानसिक रोग लाग्न नदिनु हो । ३ आफ्नो भावनाहरुलाई ज्यादा दबाउनु हुँदैन यस्तो कुरा जसले हामीलाई दबाब दिईरहेको हुन्छ । त्यसलाई लुकाउनुको साँटो जरुरी परेको समयमा आफ्नो निकटस्थहरुलाई यस्तो विषय सुनाईरहनु पर्दछ । यसबाट हामीहरुको मन हल्का हुनेगर्दछ । ज्यादा समय चिन्ता लिएर बस्नु मानसिक स्वास्थ्यको लागि राम्रो हुँदैन । यसले हाम्रो शरीरलाई पनि नकारात्मक असर पार्दछ । त्यसैले यी ३ कामबाट मनोरोग वा मानसिक रोगलाई सधैंभरी टाढा राख्न सकिन्छ ।