साबधान हुनुहोस है, एटिएमको ब्यालेन्स स्लिपले निम्त्याउँछ क्यान्सर

प्रकाशित मिति:

काठमाडौँ –एटिएमबाट पैसा निकालेपछि तपाईंले लिनुहुने ब्यालेन्स स्लिपले बैंकमा कति पैसो छ भन्ने जानकारी दिन उपयोगी त हुन्छ तर यसले स्वास्थ्यमा नराम्रो असर पनि पार्छ भन्नेमा विचार पुयाउनु जरुरी हुन्छ । यसले क्यान्सर जस्तो भयानक रोग पनि निम्त्याउँछ ।कन्नुर विश्वविद्यालयको बायोटेक्नोलोजी विभागका अनुसन्धाताहरूले एटिम कागजमा हुने एस्ट्रोजन रिसेप्टर एगोनिस्टले पुरुषहरूको हर्मोनमा परिवर्तन ल्याएर क्यान्सर लगायतका रोग लगाउने कुरा पत्ता लगाएका छन् ।

ब्यालेन्स स्लिप केही समयसम्म हातमा खेलाउँदा यसमा भएका रसायन हातमा सरेर क्यान्सरको सम्भावना बढाउने कुरा अनुसन्धानकर्ताले निष्कर्ष निकालेका छन् ।यस्तो स्लिप बनाउन थर्मल प्रिन्टरको प्रयोग हुन्छ र बिपिए नामक केमिकल लगाइन्छ जसका कारण यो पातलो र चिप्लो हुन्छ । यो रसायनले शरीरलाई धेरै हानि पु(याउँछ ।