बलात्कारको आरोपमा तीन युवा नियन्त्रणमा

प्रकाशित मिति:

सुनसरी/ सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक युवती बलात्कृत भएकी छिन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हलेसी चोक नजिक २४ वर्षीया ती युवतीको सामूहिक बलात्कार भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए।

मानसिक सन्तुलन ठिक नभएकी उनी अर्धचेत अवस्थामा नग्न फेला परेकी थिइन्। उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि विराटनगर पठाइएको छ। ुअर्धचेत अवस्थामा रहेकी उनको योनीबाट रगत बगेको पाइएको छ, फुयाँलले भने, जिल्ला अस्पताल इनरुवामा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर पठाइएको छ।

नग्न अवस्थामा भेटिएकी उनको कपडा केही मिटर वर च्यातिएको अवस्थामा भेटिएको स्थानीयवासीले बताएका छन्। बलात्कार गरेको आशङ्कामा तीन जना युवालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।रासस