उत्तरी सिरियामा टर्कीद्वारा आक्रमण तीव्र

२४ आश्विन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
41 Shares


एजेन्सी -टर्कीका फौजले उत्तरपूर्वी सिरियामा ठूलो स्तरको सैन्य कारबाही अघि बढाइरहँदा कैयौँ गाउँहरू कब्जा गरेको छ ।बिहीवार दिनभर टर्कीले हवाई हमला तथा गोलाबारी ग¥यो । कुर्दहरूका अनुसार ९ गैरसैनिक मारिएका छन् । टर्कीतर्फको नगरमा कुर्दहरूले हमला गरेका छन् ।एक शिशुसहित कम्तीमा ३ जनाको ज्यान गएको छ ।टर्कीस आक्रमणको मुख्य निशानामा सिमाना नजिकैको दुई नगर तल अब्याद तथा रस अल–ऐन रहेका छन् । टर्की सेनाले ती दुवै नगरलाई घेराबन्दी गरेका छन् ।युद्धका कारण ६० हजारभन्दा धेरै मानिस त्यहाँबाट भागेका छन् । विस्थापित हुनेको सङ्ख्या लाखौँ पुग्न सक्ने विभिन्न संस्थाले चेतावनी दिएका छन् ।अन्तर्रा्ष्ट्रिय उद्धार समितिका अनुसार ६४ हजार मानिसले आफ्नो घर छाडेर भागिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया