डेट जादै हुनुहुन्छ भने यी काम गर्दै नगर्नुस्

२४ आश्विन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
32 Shares


मन परेको मानिस पाउन कसले पो के गर्दैन र  मन परेको मानिस पाउन जे गर्न पनि तयार हुन्छन् आजकलका प्रेमी प्रेमीकाहरु ।उनीहरुलाई कसरी आर्कषित गर्ने भनेर सकेसम्म मेहनत गर्दछन् । तर कहिले काहि यसरी गरीएको मेहनत ब्यर्थ जाने गर्दछ । अझ आकर्षित गर्ने मामिलामा पुरुषहरु मात्र अघि छैनन् महिला पनि मनपरेको पुरुष आकर्षित गर्न अनेकौ जुक्ति लगाउछन् ।तर आकर्षित गर्ने नाममा अपनाइएका उपायहरु कहिलेकाहिं फेल खान्छ र ति पुरुषहरु महिलाबाट तर्किने गर्दछन् । तसर्थ हामी केहि टिप्स मार्फत जानकारी दिँदैछौ, महिलाले पुरुष आर्कषित गर्न यी काम गरे पुरुषले मन पराउदैछनन् । अझ पहिलो पटक डेटमा जाँदै हुनुहुन्छ भने त यी कामहरु भुलेर पनि नगर्नुहोस् ।१। धेरै मेकअप नगर्नुस्-आफुलाई मन परेको पुरुष आर्कषित गर्ने नाममा केहि महिला धेरै मेकअप गर्दछन् । तर अधिकाशं पुरुषलाई धेरै मेकअप गर्ने महिला फिटिक्कै मन पर्दैन । तसर्थ मन परेको कुनै पुरुष आर्कषित गर्ने चाहनामा हुनुहुन्छ भने सकेसम्म कम मात्रामा मेकअप गर्नुहोस्, गाजल, लिपस्टिक र हल्का पाउडर मात्र लगाएर डेटमा गए सबैभन्दा उत्तम हुन्छ ।२। डेटमा पुग्न ढिला नर्गनुस्-केहि महिला, पुरुषलाई कुराउनु पर्दछ भन्ने मानसिकता राख्दछन् । यसो गर्दा भेट्न आएको पुरुष आफुभन्दा पनी भेट्न आतुर छ भनेर देखाउने मनसाय हुन्छ ।

तर कुनै पनि पुरुषमा पर्खने वा धैर्य गर्ने क्षमता महिलामा भन्दा कम हुन्छ । तसर्थ यदि उनिहरुले तपाईलाई पर्खनु पर्यो भने ति पुरुष अर्को भेटका लागी राजि नहुन सक्छन् । हुनत कसैले कसैलाई पर्खाउनु राम्रो होइन ।३। भोकै नबस्नुहोस्-फिगर मेनटेनको नाममा केहि महिलाहरु पुरुषसंगको डेटमा सकेसम्म केहि नखाने वा भोको बस्ने गर्दछन् । तर भोको बस्ने महिला पुरुषलाई खासै मन पर्दैन । अझ यसो गरेमा तपाईलाई भेट्न आएको पुरुष समेत भोको बस्न बाध्य हुन्छ । केहि सिमित पुरुष बाहेक अन्य पुरुषहरु महिलाको फिगरमा भन्दा उनको सोच र ब्यवहारले प्रभावित हुने गर्दछन् ।४। छोटा पहिरन नलगाउनुस्-छोटो पहिरन महिलाको आफ्नो स्वतन्त्रताको बिषय हो । तर कोहि पनि पुरुष आफ्नो प्रेमिकालाई छोटो पहिरनमा भेट्न चाहादैनन् । क्षणिक अवधिका लागी शरिरको भोको रहेका पुरुषले तपाईलाई छोटो पहिरनमा भेटे वा राम्रो देखिएको भने पनि कालन्तरमा उनिहरुले यहि बिषयले तपाईलाई छाड्न सक्छन् । तसर्थ सुन्दर देखिने नाममा छोटो पहिरन लगाएर जानु मुर्खता साबित हुनेछ ।५। बनावटी कुरा नगर्नुहोस्-अरुको नक्कल गर्ने तथा बनावटि कुरा गर्ने महिला पुरुषहरुलाई मन पर्दैन । उनीहरु सिम्पल, साधारण तथा नम्र बोली ब्यवहारलाई मन पराउँछन् । त्यसैले तपाईं आफु जस्तो हुनुहुन्छ त्यस्तै रहनुहोला । तर पुरुषलाई आकर्षित गर्ने नाममा आफ्नो दुःख, वेदना सुनाई हाल्नु हुँदैन । यसले तपाई प्रती दया जगाउन सक्छ माया होइन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • डेढ वर्षअघि भएको सामूहिक बलात्कार गर्ने अभियुक्तलाई ५ वर्ष कैद
  • सैनामैना उद्योग वाणिज्य संघको साधारण सभामा पत्रकार सम्मानित
  • लुम्बिनी निर्माण व्यवसायी संघद्वारा आन्दोलनको चेतावनी,प्रधानमन्त्रीलाई ज्ञापनपत्र
  • लुम्बिनी पर्यटन प्रबर्दन औद्योगिक व्यापार तथा कृषि महोत्सवको तयारि तिब्र:…
  • रोट्याक्ट क्लबले साताव्यापी कार्यक्रम गर्ने
  • होटल व्यवसायीको महाधिवेशन सुर्खेतमा हुने
  • राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट
  • विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा आफूलाई सानो नठानौं :…
  • ‘फेवातालमा खुम्चिएको पर्यटन अब गाउँ गाउँमा’
  • रुपन्देहीका १६ स्थानीय तहमा मधुमेहको निःशुल्क परीक्षण गरिने