गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन : कुन देशवाट कती प्रतिनीधी : को को उम्मेदवार

प्रकाशित मिति:

काठमाडौ । गैर आवासीय नेपाली संघ एनाआरएनए को नवौँ विश्व सम्मेलनमा करिब २ हजार ९ सय प्रनिनिधि सहभागी हुने भएका छन् । यही अक्टोवर १५ देखी १७ तारिख सम्म काठमाडौँमा हुने गैर आवासीय नेपाली संघ एनआरएनए मा आवद्ध विश्वका ४३ देशबाट २ हजार ८ सय ९८ जना प्रतिनिधिहरु सहभागि हुने भएका हुन् ।सम्मेलनमा सहभागी हुन संसारभरका एनआरएनहरु नेपाल आउने क्रम सुरु भएको छ । अन्तराष्ट्रिय समन्वय परिषदमा आगामी कार्यकाल २०१९–२०२१ सम्मका लागि विभिन्न पदका आकांक्षीहरुले झण्डै २ महिना पहिले देखिनै उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको थियो । उम्मेदवारी घोषणासँगै निर्वाचन परिणाम आफ्नो पक्षमा पार्नका लागि चुनावी सभा, छलफल र प्रतिवद्धताहरु सार्बजनिक गर्ने क्रम बढेको छ । विभिन्न पदका आकांक्षी उम्मेदवारहरु काठमाण्डौं पुगिसकेका छन् ।कतिपय देशका पञ्जिकृत सदस्यहरुको सूची एमआइएस प्रणालीमा दर्ता भएन  महाधिवेशन सम्पन्न गर्न सांगठनिक प्रकृया अनुशरण गर्न अत्यन्त जरुरी हुन्छ । निर्वाचनसम्बन्धी नियमावली २०१९ मा हरेक राष्ट्रिय समन्वय परिषदले आफ्ना पञ्जिकृत सदस्यहरुको विवरण एमआइएस प्रणालीमा अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान राखिएको छ । तर, विश्वमै सर्वाधिक पञ्जिकृत सदस्य बनाएको बेलायतसहित इजरायललगायतका देशहरुले अझैसम्म आफ्ना पञ्जिकृत सदस्यहरुको सूची एमआइएस प्रणालीमा दर्ता गरेका छैनन् । यसले महाधिवेशनमा विवाद ल्याउन सक्नेछ ।केन्द्रको वेबसाइटमा उल्लेख भए अनुसार संसारभरका ५८ हजार ६४१ पञ्जिकृत सदस्यहरुको सूची एमआइएस प्रणालीमा दर्ता भएको छ । जसमा ४३ देशका समन्वय परिषदहरु समावेश छन् । अद्यावधिक गरिएको तथ्याङ्क अनुसार २ हजार ८ सय ८९ जना प्रतिनिधिहरुले भाग लिन पाउने उल्लेख छ ।

तर, केन्द्रले तोकिएको दिनसम्म राष्ट्रिय समन्वय परिषदहरुले पञ्जिकृत सदस्यहरु र प्रतिनिधिहरुको सूची उपलब्ध नगराउदा स्वाभाविक रुपमा नियम र प्रकृया मिचिदै जान सक्ने खतरा रहेको सरोकारवालाहरुको भनाइ छ । जति बढी विधि विधान, नियम प्रकृया मिचिन्छन् पक्ष विपक्षबीच भनाभन, विवाद, मतभेद र मनमुटाव बढ्दै जान्छन् । तसर्थ निर्वाचन समिति र अन्तराष्ट्रिय समन्वय परिषद प्रकृया अनुशरण गर्न गराउन कडा रुपमा प्रस्तुत हुन जरुरी रहेको उनीहरुले बताए ।महाधिवेशन सम्पन्न हुन केही दिन मात्र बाँकी छ । एनआरएनए केन्द्रले आफ्नो वेबसाइटमा एमआइएस प्रणालीमा दर्ता भएका र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको तथ्याङ्क सार्वजनिक गरेको छ । यद्यपि यसमा पुनर्सम्पादन हुने जनइएको छ । तथ्याङ्कमा उल्लेखित विवरणका आधारमा १५ देशबाट १०० भन्दा बढी प्रतिनिधि सहभागी हुन पाउनेछन् ।११ देशमा दुई हजारभन्दा बढी पञ्जिकृत सदस्यहरु छन् । ती देशहरुमा अष्ट्रेलिया, अमेरिका, कतार, जापान, मलेशिया, कोरिया, क्यानाडा, पोर्चुगल, जर्मनी, बेल्जियम र न्युजिल्यान्ड रहेका छन् । यी ११ वटा हरेक देशबाट १ सय २५ भन्दा बढी प्रतिनिधिहरु महाधिवेशनमा सहभागी हुनेछन् । साउदी अरब, डेनमार्क, ओमन र हङकङले पनि एक हजार बढी सदस्य बनाएका छन् । यी चार देशबाट पनि १०० भन्दा बढी प्रतिनिधि समावेश हुनेछन् । यी देशहरुनै सम्मेलन मार्फत हुने निर्वाचन परिणामको निर्णायक भुमिकामा हुनेछन् ।

कुन पदमा कस्को उम्मेदवारी घोषणा विश्व सम्मेलन नजिकिदै गर्दा उम्मेदवारी घोषणा गर्ने क्रम समेत बढ्दो छ । हाल सम्म गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको नवौ विश्व सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दिने घोषणा गरिसकेकाहरुको विवरण यस्तो छ स्अध्यक्षमा स् कुमार पन्त जर्मनी र कुल आचार्य बेलायत  खुल्लातर्फ ४ उपाध्यक्षका लागि स् डा। बद्री केसी रुस, अर्जुनकुमार श्रेष्ठ बेल्जियम, थर्क सेन बेलायत, सोनाम लामा अमेरिका, रबिना थापा अमेरिका, हिक्मत थापा नाइजेरिया, धर्मराज अधिकारी अष्ट्रेलिया, मन क्षेत्री अष्ट्रेलिया, त्रिलोक गुरुङ हङ्कङ, किरणबिक्रम थापा जापान र नरेन्द्र भाट कतारमहिला उपाध्यक्षका लागि स् रञ्जु वाग्ले थापा ९अष्ट्रेलिया। महासचिव पदका लागि  डा। हेमराज शर्मा बेलायत, जानकी गुरुङ बेल्जियम, डा केशव पौडेल अमेरिका र डीबी क्षेत्री ओमन  सचिव पदका लागि  गौरीराज जोशी अमेरिका आरके शर्मा कतार, शिवकुमार बरुवाल बेल्जियम, दीपकप्रसाद ओली इजरायल  बिनय अधिकारी बेलायत अभिमानसिंह बस्नेत अष्ट्रेलिया, कृष्ण गिरी अष्ट्रेलिया  कोषाध्यक्ष पदका लागि महेशकुमार श्रेष्ठ जापान, सुदन थापा जापान र सोम सापकोटा बेलायत  सह–कोषाध्यक्ष पदका लागि  गोबिन्द गौतम रुस, लोक दाहाल बेल्जियम र एसी शेर्पा अमेरिका  महिला संयोजक पदका लागि स् संगीता मरहठ्ठा बेलायत  जुनु गुरुङ दक्षिण कोरिया र प्रमिला बस्नेत क्यानाडा  ,युवा संयोजक पदका लागि स् हिमाल गुरुङ नेदरल्याण्डस्, यामेन्द्रकुमार घर्ती पोर्चुगल, स्वतन्त्रप्रताप शाह अष्ट्रेलिया, सुदीप कार्की युएइ  युरोप संयोजकका लागि स् गंगाधर गौतम बेल्जियम, नारायण आचार्य नेदरल्याण्डस्, एकराज गिरी स्पेन, पदम गुरुङ बेल्जियम, प्रेम गुरुङ बेल्जियम, सन्तोषकुमार भट्टराई जर्मनीयुरोप सह  संयोजकका लागि स् कृष्ण तिमिल्सिना बेलायत, मुक्तबहादुर गुरुङ स्पेन, नवराज रोस्यारा जर्मनी, शुक्रराज न्यौपाने आयरल्यान्ड, सुरेन्द्र प्रधान जर्मनी, वल्डनेपाली डटकम वाट साभार गरीएको