स्वतन्त्र राजनितीक समुह नवलपरासीको आयोजनामा कार्याकर्ता भेला बेलाटरीमा सम्पन्न

२४ आश्विन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
31 Shares


पश्चिम नवलपरासी-स्वतन्त्र राजनितीक समुह पश्चिम नवलपरासीको आयोजनामा कार्याकर्ता भेला शुक्रबार प्रतापपुर ९ बेलाटरीमा सम्पन्न भएको छ । स्वतन्त्र राजनीतिक समुहको संयोजक रामप्रित यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका प्रतिनीधि सभासदस्य हृदेश त्रिपाठीले कठिन अवस्थामा जारी रहेको नेपालको संविधान समय अनुकुल संशोधन गर्नुपर्ने बताउनुभयो । उहाले २ तिहाई बहुमतबाट बनेको वर्तमान सरकार हालको समयमा गतिहिन अवस्थामा चलिरहेको आरोप लगाउनुभयो । त्रिपाठीले आफुलाई सरकारमा आउन संकेत पाए पनि मधेसका जन्ता माथि न्याय नभए सम्म कुनै हालमा सरकारमा नजाने दाबी गर्दै त्रिपाठी ले मुलुकभित्र गहिरो

खिचातानी हुदै आएको अवस्थामा यो समयमा सवै सचेत हुनु पर्ने कुरा माथि जोड दिदै स्वतन्त्र राजनीतिक समुहलाई छिटै सांगठित संरचनामा लैजाने जानकारी दिनुभयो ।त्रिपाठीले अब पनि कल्पना गर्न नसकिने राजतन्त्रको कुरा गर्नु निराधार भएकोले प्राप्त उपलब्धीको रक्षा गर्दै हक अधिकारको लागि अगाडी बढने बेला अएको नेता त्रिपाठीले जिकिर गर्नुभयो । कृषकहरुमाथि श्रम शोषण भइरहेको अवस्थामा सरोकारावाला निकाय मौन रहनु नै किसानहरुले पिडा भएको महुसस गर्दै आफ्नो वर्गीय हितको लागि कठोर निर्णय लिनसकिने विचार समेत व्यक्त गर्नुभयो । स्वतन्त्र राजनीतिक समुहका रियाजुल अन्सारी को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सन्तोष हरिजनले गर्नुभयो । कार्यक्रममा २०७६ साल भाद्र २४ गते स्वतन्त्र समुहको केन्द्रिय निकायबाट निर्णय गरिएको विभिन्न कार्यक्रमलाई स्थानीय बृन्द मोह यादवले निर्णय सुनाउनु भएको आयोजकले जानकारी दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया