कबीर सिंह’ गर्ल कियाराको ट्वीटर खाता ह्याक, फ्यानलाई यस्तो आग्रह

प्रकाशित मिति:

एजेन्सी – ‘कबीर सिंह’ गर्ल कियारा आडवाणीको ट्वीटर एकाउन्ट ह्याक भएको छ । कियाराले आफ्नो ट्वीटर खाता ह्याक भएका कारण फ्यानलाई सावधानी हुन भन्दै इन्स्टाग्राममा एक पोस्ट गरेकी छिन् ।मेरो ट्वीटर एकाउन्ट ह्याक भएको छ, हामी यसलाई फर्काउने प्रयासमा छौँ, पोस्ट भएका अनावश्यक ट्वीटलाई ख्याल गर्नुहोला,’ उनले लेखेकी छिन् ।यसको केही घण्टापछि कियाराले फेरि अर्को पोस्ट गर्दै उनको ट्वीट एकाउन्टबाट पठाइएको कुनै पनि लिंक क्लिक नगर्न आग्रह गरेकी छिन्

उनका अनुसार एकाउन्ट अझै पनि ह्याक छ । र, उनले कुनै पनि लिंक पठाएकी छैनिन् ।चलचित्र ‘कबीर सिंह’ मा शाहिद कपूरको अपोजिटमा देखिएकी कियारा उक्त फिल्मपछि चर्चामा छिन् । यसअघि शाहिद कपूरको पनि एकाउन्ट ह्याक भएको थियो । यस्तै केही समयअघि बलिउड अभिनेता अमिताभ बच्चन र गायक अदनान सामीको एकाउन्ट पनि ह्याक भएको थियो ।