५० देखि ५५ लाख मानिसमा मानसिक समस्या बढ्दै

२४ आश्विन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
38 Shares


काठमाडौँ । नेपालमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको तथ्यांकहरुले देखाएका छन् । करिब ५५ लाख मानिसमा कुनै न कुनै समस्या रहेको बताइएको छ ।स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा ५० देखि ५५ लाख मानिसमा मानसिक समस्या रहेको छ । आर्थिक वर्ष २०७३र७४ मा प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार ५ हजार १ सय २४ जनाले आत्महत्या गरेका छन् ।विगत ४ वर्षमा १३ प्रतिशतले आत्महत्या बढेको छ । आत्महत्याको ८५ प्रतिशत कारण मानसिक रोग भएको चिकित्सक बताउँछन् ।अध्ययनका अनुसार १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिको मृत्युको दोस्रो कारण आत्महत्या रहेको पाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया