सचिव पदका उम्मेदवार जोशी काठमाडौं आइपुगे, सहयोग गर्ने सम्पूर्ण प्रतिनिधिहररूलाई आग्रह

प्रकाशित मिति:

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव पदका उम्मेदवार तथा अमेरिकाका क्षेत्रीय संयोजक गौरीराज जोशी शुक्रबार काठमाडौ आइपुगेका छन्।सचिव पदमा जोशीले उम्मेदवार घोषणा गरिसकेका छन्।जोशीले उम्मेदवारी घोषणा गरेपछि विभिन्न देशको भ्रमण पनि गरेका थिए।जोशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।स्वागतपछि जोशीले उपस्थित सबैलाई धन्यवाद दिँदै सहयोगको अपेक्षा आफूले लिएको बताए । जोशीले भने, ‘म प्रवासमा रहेका नेपालीको पक्षमा काम गर्न पूर्ण प्रतिबद्ध रहेको बताए।उनलाई स्वागत गर्ने विमानस्थलमा कांग्रेस नेता तथा आइसिसिका सल्लाहकार हरिबोल भण्डारी, महासमिति सदस्य तथा नेविसंघका पूर्व महामन्त्री आनन्दराज त्रिपाठी,नेपाली कांग्रेस चितवनमा सचिव उत्तम जोशी,आइसिसि सदस्य राजन त्रिपाठी, अमेरिकाका उपाध्यक्ष कृण्णजिबि पन्थ , जनसम्पर्क समिति मकाउ संस्थापक सभापति अम्बिर जोशि लगाएको उपस्थिति रहेको थियो। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आउँदो अक्टोर १५ देखि १७ तारिखसम्म काठमाडौंमा महाधिवेशन हुन गइरहेको छ।

थप समाचार