रामेछापमा खोलाले बगाउँदा एकको मृत्यु , एक बेपत्ता

प्रकाशित मिति:

तुलसीदेवी श्रेष्ठ

भदौ १२,रामेछाप– भिषण वर्षापछि उर्लिएर आएको खोलाले बगाउदाँ रामेछापको लिखु तामाकोसी गाउँपालिका–५नागदहमा एकजनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् । सोमबार साँझ बस्तुलाई घाँस हालेर घर तर्फ फर्कीदै गर्दा स्थानिय ठाडो खोला तर्ने क्रममा छापगाउँका अन्दाजी ३५ वर्षका सिंहबहादुर तामाङ र उनकी ४२ वर्षिया श्रीमती राममाया तामाङलाई खोलाले बगाएको थियो ।
राति अवेर सम्म वुवाआमा घर नफर्कीएपछि तामाङ दम्पतीका छोराछोरीले छरछिमेकमा खवर गरेका थिए । स्थानियले खोजी गर्ने क्रममा खोलाले बगाएको ठाउँबाट करिव ३ कि।मि तल पन्चमीखेतमा सिंह बहादुरको शव भेटिएपनि उनकी श्रीमती राममायाको भने पत्तो लाग्न सकेको छैन् । घटना लगत्तै प्रहरीलाई खवर गरिएपनी प्रहरी अझैसम्म घटनास्थलमा पुगेको छैन् । स्थानियले नै वेपत्ता राममायाको खोजी गरिरहेका छन् । तामाङ दम्पतीका २ छोरा र तिन छोरी छन् ।