केही कुरा याद हुँदैन ? यी तरिकाले बढाउनुहोस् दिमागको क्षमता

२५ आश्विन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
41 Shares


कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपछि यादै आउँदैन । यस्तो धेरैजनालाई भएको हुनुपर्छ ।उमेर बढेसँगै मानिसहरुको स्मरण शक्ति क्षीण हुँदै जाने बताइन्छ । यस्तो साँच्चै हुन्छ पनि तर दिमागलाई तन्दरुस्त राख्न सकिन्छ ।यदि तपाईं आफ्नो दिमागी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेखित तरिका अपनाउन सक्नुहुन्छ ।१। व्यायामः-व्यायाम गर्दा दिमागको कोशिकाबीच आपसी सम्पर्क निकै राम्रो हुन्छ र नयाँ कोसिकाको निर्माण पनि हुन्छ ।कार्डियो व्यायाम गर्दा तपाईं धेरै अक्सिजन लिनुहुन्छ र यदि तपाईंले यो व्यायाम खुल्ला मैदानमा गर्नुहुन्छ भने तपाईंले यसमार्फत् भिटामिन डी पनि प्राप्त गर्नुहुन्छ । यसो गर्दा दिमाग ताजा र तन्दरुस्त हुन्छ ।२। केही काम गरिरहँदा याद गर्ने कोसिस गर्नुहोस्ः-यदि तपाईंलाई कुनै प्रेजेन्टेशन वा भाषण दिनु छ भने तयारी स्वरुप आफ्नो नोट्सलाई हिँड्दै वा डान्स गर्दै याद गर्नुहोस् । यसो गर्दा तपाईंलाई ती कुराहरु धेरै समयका लागि याद हुन्छ । यस्तो तरिका अभिनेताहरुले पनि अपनाउने गर्छन् ।३। सन्तुलित भोजनः-तपाईं जुन खानेकुरा खानुहुन्छ, ती खानेकुराको ऊर्जाको २० प्रतिशत हिस्सा सिधा दिमागमा पुग्ने गर्छ । यही कारणले दिमागको कामकाजी स्थिती ग्लूकोजको स्तरमा निर्भर हुन्छ ।यदि तपाईंको सुगर लेभल नियन्त्रणमा छैन भने तपाईंको दिमाग कन्फ्युज हुनसक्छ । डोपामाइन केमिकल निष्काशन गर्ने खाना दिमागका लागि उत्कृष्ट मानिन्छ ।यो कुरा पनि याद गर्नुहोस् कि दिमागको कोसिका फ्याटबाट बन्ने गर्छ त्यसकारण खानामा फ्याटको प्रयोगलाई जारी राख्नुहोस् । यसका साथै नट्स, नास्पाती र माछा दिमागका लागि निकै राम्रो मानिन्छ ।४। संसारसँग सम्पर्क टुटाउन पनि सिक्नुहोस्ःतनाव दिमागका लागि राम्रो मानिन्छ किनभने दिमागले आपतकालिन अवस्थामा नै तीब्र रुपमा सोच्ने गर्छ ।

तर धेरै समयसम्म तनाव लिँदा यसमा नकारात्मक असर पर्ने गर्छ ।त्यसकारण कहिलेकाँही संसारसँग सम्पर्क टुटाउन निकै आवश्यक हुन्छ । यसले दिमागलाई आराम दिन्छ ।यद्यपी, यतिबेला तपाईं दिमागको अन्य भागलाई काममा लगाउन सक्नुहुन्छ । यो त्यो हिस्सा हो जसले हामीलाई दिनमा सपना देखाउँछ । यसले स्मरणशक्ति बलियो बनाउन निकै सहयोगी भूमिका खेल्ने गर्छ ।५। नयाँ चुनौतीको खोजीः-दिमागलाई स्वस्थ राख्नका लागि तपाईं त्यसलाई चुनौती दिनुहोस्, नयाँ कुराहरु सिकिरहनुहोस् ।अर्थात् कुनै नयाँ भाषा सिकेर र नयाँ कला सिकेर तपाईं आफ्नो दिमागको क्षमतालाई बढाउन सक्नुहुन्छ ।यी सबै गर्न सक्नुहुन्नँ भने आफ्ना साथी र परिवारका सदस्यसँग अनलाइन गेम नै खेलेर हेर्नुहोस् ।६। संगीत सुन्नुहोस्ः-संगीतको दिमागमा निकै सकारात्मक असर पुर्याउँछ । कसैले गीत सुनिरहेका बेला वा सांगीतिक बाजा बजाइरहेका बेला हेर्नुहोस्, उनीहरुको पूरा शरिर सक्रिय भइरहेको हुन्छ ।धेरै पटक स्मरण शक्ति गुमेका बेला संगीतले निकै सहयोग गर्नेछ ।७। पढेर सुत्नुहोस्ः-यदि तपाईं सुत्नुअघि केही नयाँ पढ्नुहुन्छ भने तपाईंको दिमागका दुई कोशिकाको तार जोडिने गर्छ र तपाईं सुतेपछि यी दुई कोशिकाबीचको सम्पर्क निकै बलियो हुन्छ र तपाईंले जे पढ्नुभएको छ, त्यो तपाईंको स्मृतिमा समावेश हुन्छ ।त्यसकारण निन्द्रा स्मरणशक्तिका लागि सबैभन्दा महत्वपूर्ण कडी हो । यही कारण सुत्नुअघि फिल्म हेर्न र डरलाग्दो कहानी हेर्नबाट बच्नुहोस् । सकारात्मक सोच र अनुभवसहित सुत्नुपर्छ ।८। बिहान यसरी उठ्नुहोस्ः-अब तपाईंले निन्द्रा निकै महत्वपूर्ण छ भनेर बुझ्नुभयो होला । यदि तपाईं पाँचघण्टा भन्दा कम सुत्नुहुन्छ भने तपाईं मानसिक रुपमा त्यति सतर्क रहन सक्नुहुन्नँ । यहि स्थिती त्यतिबेला पनि बन्ने गर्छ जब तपाईं १० घण्टाभन्दा बढी सुत्नुहुन्छ ।साथै, तपाईं कसरी उठ्नुहुन्छ त्यो पनि महत्वपूर्ण हुन्छ ।सबैभन्दा राम्रो त तपाईं अँध्यारोमा सुत्नुहोस् र बिस्तारै उज्यालो भइरहेका बेला उठ्नुहोस् । बिहानको सूर्यको प्रकाश यदि तपाईंको आँखामा पर्छ भने यसले दिमागलाई उत्कृष्ट प्रतिक्रियाका लागि तयार गर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • सैनामैना उद्योग वाणिज्य संघको साधारण सभामा पत्रकार सम्मानित
  • लुम्बिनी निर्माण व्यवसायी संघद्वारा आन्दोलनको चेतावनी,प्रधानमन्त्रीलाई ज्ञापनपत्र
  • लुम्बिनी पर्यटन प्रबर्दन औद्योगिक व्यापार तथा कृषि महोत्सवको तयारि तिब्र:…
  • रोट्याक्ट क्लबले साताव्यापी कार्यक्रम गर्ने
  • होटल व्यवसायीको महाधिवेशन सुर्खेतमा हुने
  • राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट
  • विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा आफूलाई सानो नठानौं :…
  • ‘फेवातालमा खुम्चिएको पर्यटन अब गाउँ गाउँमा’
  • रुपन्देहीका १६ स्थानीय तहमा मधुमेहको निःशुल्क परीक्षण गरिने
  • काबुल विस्फोटमा ७ जनाको मृत्यु