मौलिक कला संस्कृतिको संरक्षण र प्रर्वद्र्धन गर्नुपर्छ ःप्रदेश सांसद बुढा

२५ आश्विन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
60 Shares


कौरव खत्री /बागलुङ –गण्डकी प्रदेशका सांसद चन्द्र बुढा सागरले सोरठी देउसी भैलो जस्ता कला संस्कृतिहरु समाजको अमूल्य गहना भएकाले संरक्षण र प्रर्वद्धनका निम्ति पुस्ता हस्तान्तरण हुनुपर्ने जोड बताए । शुरक्रवार संस्कृति संरक्षण मञ्च काँडेवास र विरकोट मगर समाज गलकोट नगरपालिका ८ काँडेवास बागलुङद्धारा आयोजित तिहार विशेष नचरी भाग ४ को छायाङकन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन । साथै सांसद बुढामगरले संस्कृति हराए समाजको संस्कार र सभ्यता पनि हराउने भन्दै यसको संरक्षणमा सबै एकजुट हुनु पर्ने बताए । सोही अवसरमा गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगर, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती, गलकोट नगरपालिका वडा नं ८ का वडाअध्यक्ष रामप्रसाद कँडेलले शुभकामना मन्तव्य राखेका थिए ।


तिहार विशेषलाई मध्यनगर गदै छायाङकन गरिएको उक्त भिडियोमा देउसी भैलो, सोरठी सँगै तिहारको भाई टीकाको महत्व, दीपावलीको महत्व, दिदीभाई बिचको सम्बन्ध, भाईले दिदीको हातको टीका थाप्न जाँदा बाटोमा काली नागले छेकेको खान्छु भनेको तर भाईले नागलाई म दीदीको हातबाट टीका थापेर आएपछि खालास भनि अनुरोध गरेको र पछि दीदीको टीका र आर्शिवाद पाएपछि नागले केहि नगरेको लगायतका कथावस्तु समेटिएको छ । छाँयाकन गरिएको भिडियो तिहार अगावै सार्वजनिक गरिने आयोजकले जनाएको छ । कार्यक्रममा कलाकार, पत्रकार, स्थानीयबासीका कलाप्रेमी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन भने संस्कृति संरक्षण मञ्च काँडेवासका पुर्व अध्यक्ष डिल बहादुर बुढाथोकीको गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया