सीको सुरक्षाका लागि सेनाको १५ हजार फौज परिचालित

प्रकाशित मिति:

काठमाडौँ –चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणको विशेष सुरक्षाका लागि नेपाली सेनाको कमान्डमा करिब पन्ध्र हजार फौज परिचालित हुनेछ। सी काठमाठौंमा उत्रेदेखि उड्दासम्‍मको सम्पूर्ण सुरक्षाको नेतृत्वदायी जिम्मेवारी सेनाले लिनेछ।

सीको सुरक्षा व्यवस्थापन तथा समन्वयका लागि सेनाका वरिष्ठ रथी शरद गिरीको अध्यक्षतामा विशेष सुरक्षा समन्वय कार्यदल बनाइएको छ । यो कार्यदलमा गृह र रक्षा मन्त्रालयका प्रतिनिधिसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृतहरु छन् ।राष्ट्रपति सीको सुरक्षा योजना तथा रणनीति तय गर्ने जिम्मा यही कार्यदललाई दिइएको हो । यो समाचार आजको अन्नपुर्णपोष्ट दैनिकमा छ ।