ग्रामिण बत तथा ऋण सहकारी सस्था. लि. बर्दघाटको २६ औं साधारणसभा शनिवार सम्पन्न

२५ आश्विन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
34 Shares


रामु भुषाल /बर्दघाट-ग्रामिण बत तथा ऋण सहकारी सस्था लिमिटेड साकोस बर्दघाट पश्चिम नवलपरासीको २६ औं साधारणसभा शनिवार बर्दघाट स्थित दाउन्नेदेवी माविको प्रागंणमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष रविन्द्र विक्रम हामलको अध्यक्षता तथा प्रदेश नमबर ५ का प्रदेश सासंद दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले सहकारीले वचत तथा ऋणको क्षेत्रमा मात्र काम गर्नु नहुने बताउदै उत्पादनसिल क्षेत्रमा समेत काम गर्नुपर्ने बताउनुभयो । उहाँले ग्रामीण सहकारीले आफूलाई राष्ट्रकै नमुना सहकारीको रुपमा उभ्याउने प्रयास गरेको भन्दै प्रदेश सरकार सहकारीक्षेत्रको प्रबद्र्धनमा लागेको अवगत गराउदै समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सफल पार्न सबैको योगदान आवश्यक रहेको बताउनुभयो । सोही अवसरमा विशिष्ट अतिथिको रुपमा बोल्दै बर्दघाट नगरपालिकाकी नगर उपप्रमुख माया देवी पौडेलले बर्दघाट नगर भित्रका संघसंस्थाहरुले नगरको पहिचानका लागि काम गरेको भन्दै ग्रामीण सहकारी त्यसैको उदाहरण रहेको बताउदै उहाँले नगरपालिकाले नगरका सबै संघसंस्थाहरुसंग सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाई, संस्थाका सल्लाहकार बद्रीनाथ खनाल, जिल्ला सहकारी संघका उपाध्यक्ष बृहस्पति अधिकारी, टाईम साकोसका अध्यक्ष रुद्रप्रकाश उपाध्याय, दाउन्नेदवी महिला बहुउदेश्शीय सहकारी संस्थाकी अध्यक्ष देवी पौडेल, साना किसान कृषि सहकारी संस्था बर्दघाटका अध्यक्ष पशुपनि न्यौपाने, बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष इन्द्रकुमार राना, बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सस्थाका सचिव कृष्ण हरि पौडेलले प्रगति समिक्षा सहितको नीति तथा कार्यक्रम, कोषाध्यक्ष सुरज केसीले करिब ५० करोड बराबरको आर्थिक आयब्यय विवरण र लेखा संयोजक बोधप्रसाद पाण्डेले सुझाव सहितको लेखा प्रतिबेदन परिमार्जन सहित पािरत गर्नुभएको थियो भने बाह्य लेखा पारित गर्नुका साथै ९ वटा प्रस्ताव उपर छलफल गरी पारित समेच भएको थियो । त्यस्तै, शिक्षा उपसमितिको तर्फवाट संयोजक राधा ढकाल, ऋण उपसमितिको तर्फबट संयोजक भेषराज पौडेल र महिला उपसमितिको तर्फबाट संयोजक मन्जु भटटराईले प्रतिबेदन पेश गर्नुभएको थियो । सो अवसरमा सस्थाले आव २०७४÷०७५ मा ४ करोड ६२ लाख ५८ हजार ६ सय शेयर पुजी रहेकोमा आव २०७५÷७६ मा ५ करोड १२ लाख ५ सय शेयर पुजी पुगेको छ । आ।व २०७५÷०७६ सम्म संस्थामा ३५ करोड ९४ लाख८२ हजार ८ सय ३३ रुपैया निक्षेप संकलन भएको छ । त्यस्तै आ।व २०७५÷०७६ मा २ करोड १९ लाख ३२ हजार १ सय २३ रुपैया खर्च कटाएर मुनाफा गरेको छ । सो अवसरमा सस्थाका उत्कृष्ट वचत कर्ता, उत्कृष्ट बाल वचतकर्ता, जेष्ठ वचतकर्ता एंव कर्मचारी लगाएतलाई सम्मान गरिएको थियो । सस्थाकी उपाध्यक्ष देवी अधिकारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव कृष्णहरि पौडेलले गर्नुभएको थियो । को स्वासंचालनमा भएको थियो । कार्यक्रममा श्रुति संगितका कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया