चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर काठमाडौंमा कालो मास्क लगाउन निषेध !

२५ आश्विन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


एकताका प्रधानमन्त्री केपी ओलिले काठमाडौंको सडकमा हिंड्दा मास्क लगाउन नपर्ने यहाँ धुलो धुवाँको समास्यामा सुधार भैसकेको भनेर बोल्नु भएको थियो जुन निकै चर्चामा आएको थियो भने प्रधानमन्त्री ओलिमाथि निकै ब्यंग्य पनि भएको थियो । तर यो समय नयाँ कुरा निस्किएको छ कालो मास्कमा प्रतिबन्ध । आज र भोलि अर्थात् असोज २५ र २६ गते कालो रङको मास्क लगाउन नपाइने ।यस बारे पहिलोपोस्ट अनलाइन यसरी लेख्छ – चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा रहुन्जेल कालो मास्क लगाउन नदिन प्रहरीलाई सर्कुलर जारी नै भएको छ।

प्रहरी प्रधान कार्यालयले उपत्यकाका सबै प्रहरी कार्यालयहरुमा सर्कुलर जारी गरेर – कालो मास्क प्रयोगमा रोक लगाउन आग्रह गरेको छ। आज र भोलि यात्रुहरुलाई कालो रङको मास्क नलगाउन अनुरोध गरिएको प्रहरी स्रोतले जानकारी दियो। चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर सुरक्षा संवेदनशीलता धेरै बढेपछि प्रहरीको बाक्लो परिचालन गरिएको छ। आज बिहानैदेखि कडा चेकिङमा जुटेको प्रहरीले पनि सवारी चालकलाई कालो रङको मास्क प्रयोग नगर्न अनुरोध गर्दै आएका छन्। दुई दिनपछि भने कुनै पनि रङको मास्क लगाउन सकिने प्रहरीले जनाएको छ। सवारी चल्ने क्षेत्रमा हिँड्ने यात्रुलाई पनि कालो रङको मास्क प्रयोगमा निषेध गरिएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया