बाला’मा भूमीको लुकलाई लिएर आलोचना

प्रकाशित मिति:

एजेन्सी –आयुष्मान खुरानाको आगामी फिल्म ‘बाला’को ट्रेलर रिलिज भइसकेको छ । यस कमेडी फिल्मको ट्रेलरलाई दशएकहरुले रुचाइरहेका छन् । फिल्ममा अभिनेता आयुष्मान खुरानाका साथमा अभिनेत्री भूमी पेड्नेकर र यमी गौतम पनि मुख्य भूमिकामा छन् ।

ट्रेलर रिलिज भएको केही दिनपछि फिल्मको पोस्टर पनि रिलिज गरिएको छ । फिल्मको सार्वजनिक पोस्टरमा अभिनेत्री भूमीलाई प्रस्तुत गरिएको छ, जहाँ उनले फेयरनेश क्रिम्सलाई फालिरहेकी दृश्यलाई प्रस्तुत गरिएको छ ।पेस्टर रिलिजसँगै केहीले अभिनेत्री भूमीको लुकलाई लिएर आलोचना गर्न सुरु गरिसकेका छन्, जहाँ भूमीको डस्की लुकलाई लिएर प्रश्न गरिरहेका छन् ।