को हुन् सी जिनपिङ ?यस्तो छ पृष्ठभुमि 

प्रकाशित मिति:

काठमाडौं –माओ र देङपछि सबैभन्दा शक्तिशाली र चर्चित लोकप्रिय नेता हुन्, वर्तमान चिनियाँ राष्ट्रपति सी जिनपिङ । चिनियाँ कम्युनिष्ट पार्टीको वैचारिक इतिहासमा सी विचारधारालाई संविधानमा नै लिपिबद्ध गरिएका सीलाई सरल र प्रतिबद्ध कम्युनिष्ट नेताका रुपमा लिइन्छ । त्यतिमात्र होइन चीनलाई विश्व शक्ति बनाउने उनको अठोटको चीनमा मात्र होइन संसारभरमै चर्चा छ ।चीनका राष्ट्रपति सी जिनपिङको जीवनसंघर्ष धेरै मानिसका लागि प्रेरणादायी छ । सीपिता शी झोङशुन कुनै बेलामा चीनका उपप्रधानमन्त्री थिए र माओत्से तुङका सहयोद्धा थिए । तर शी झोङशुनले पार्टी तथा सरकारको यदाकदा आलोचना गरिरहन्थे । विशेषगरी सन् १९६६ देखि १९७६ सम्मको सांस्कृतिक क्रान्तिभन्दा अघि र पछि अनि सन् १९८९ मा तियानानमेन हत्याकाण्ड हुँदा उनले पार्टी र सरकारको आलोचना गरेका थिए ।

छोरा सीको बाल्यकाल चीनको सत्तारूढ सम्भ्रान्तहरूको विलाशी जीवनशैलीमा बितेको थियो । सांस्कृतिक क्रान्तिका बेलामा उनका पितालाई कारवाही गरियो र सी चिनफिङलाई सन् १९६९ मा गाउँतिर धपाइयो । ग्रामीण शांक्शी प्रान्तमा उनले ६ वर्षसम्म मजदूरका रूपमा कृषि कम्युनमा काम गरे । उनले स्थानीय कृषक वर्गसँग राम्रो सम्बन्ध कायम गरे । त्यसैको परिणामस्वरूप सी चिनियाँ कम्युनिस्ट पार्टीको वरियतामा माथि चढ्दै गए ।सन् १९७४ मा सी पार्टीको आधिकारिक सदस्य बने र अर्को वर्ष बेइजिङको चिङ्घुवा विश्वविद्यालयमा रासायनिक इन्जिनीयरिङको अध्ययन गर्न थाले । फुजियानमै छँदा सीले प्रख्यात लोकगायिका पेङ लियुआनसँग सन् १९८७ मा विवाह गरे । उनी त्यसपछि माथि उक्लिँदै गए, अनि सन् १९९५ सम्ममा उनी प्रान्तीय उपसचिव पदमा पुगे ।

सन् १९९९ मा सी फुजियानका कार्यकारी गभर्नर बने र त्यसको एक वर्षपछि गभर्नर बने । गभर्नर रहँदा उनले वातावरण संरक्षणमा अनि नजिकै रहेको ताइवानसँग सहकार्यमा जोड दिए । उनले सन् २००२ सम्म उप–सचिव र पदाधिकारीको पद सम्हाले । त्यसै वर्ष उनको बढुवा भएर उनी झेजियाङ प्रान्त पुगे र कार्यकारी गभर्नरका रूपमा काम गरे । सन् २००३ देखि उनी पार्टी सचिव भए । त्यहाँ रहँदा उनले दिगो विकास प्रवर्द्धनका लागि प्रान्तको औद्योगिक संरचनाको पुनःसंरचनामा जोड दिए ।सन् २००७ मा शांघाईको उच्च नेतृत्व तहमा काण्ड हुँदा सी उक्त शहरका पार्टी सचिव बने । उनका पूर्ववर्ती लगायतका अन्य व्यक्तिहरू पेन्सन रकम हिनामिनामा बदनाम भएका थिए । सीलाई चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव हु जिन्ताओका सम्भावित उत्तराधिकारीको सूचीमा सामेल गरियो । हु सन् २००२ लेखि महासचिव र सन् २००३ देखि जनवादी गणतन्त्र चीनका राष्ट्रपति थिए ।सन् २००८ को मार्च महिनामा चीनका उपराष्ट्रपति निर्वा्चित गरिएपछि सीको हैसियत झनै बढ्यो । उक्त भूमिकामा उनले संरक्षण प्रयास तथा अन्तर्रा्ष्ट्रिय सम्बन्ध सुधारमा जोड दिए । सन् २०१२ को नोभेम्बर महिनामा चिनियाँ कम्युनिस्ट पार्टीको १८औं महाधिवेशनमा सी पुनः एकपटक पोलिटब्युरोको स्थायी कमिटीमा निर्वाचित भए र हुका उत्तराधिकारीका रूपमा पार्टीका महासचिव बने । सन् २०१३ को मार्च १४ मा सीलाई चीनको राष्ट्रपति निर्वाचित गरियो ।NEWS24  बाट साभार