नेवार समुदाय लाखे नाच संरक्षणमा जुट्दै

प्रकाशित मिति:

कपिलवस्तुको गोरुसिँगेका नेवार समुदाय लाखे नाच जोगाउन जुटेका छन् । विभिन्न जिल्लाबाट बसाइसरेर गोरुसिंगे आएका उनीहरुले मौलिक संस्किृतिको संरक्षणमा चासो देखाउन थालेका हुन् । नेपालका विविध कला सँस्कृति मध्ये लाखे नाँच पनि एक हो । परम्परागत कला र साँस्कृतिका रुपमा रहेको यो नाँच जर्गेना गर्न गोरुसिँगेका नेवार समुदायले अभियानै चलाएको स्थानीय निल कुमार श्रेष्ठले जानकारी दिनुभयो । लाँखे नाँचलाई हिन्दुहरुका साँझा संस्किृतिका रुपमा पनि लिइन्छ । त्यस कारण संरक्षणमा पनि नेवार समुदाय बाहेक अरु समुदायको पनि साथ मिलेको समाजसेवी पिताम्वर खनाल बताउनुहुन्छ । लाखे नाँचमा घोडा नाच, लाहुरे लाहुरिनी लगायतका मनोरन्जन हुन्छ । पश्चिमा सँस्कृतिको प्रभाव बढ्दै गएका बेला युवा पुस्तामा मौलिक कला साँस्कृतिलाई हस्तान्तरणका लागि पनि यस्ता अभियान आवश्यक रहेको स्थानीयबासिन्दा बताउँछन् ।