यो हो चिनियाँ राष्ट्रपतिले चढेको कार, यस्ता छन् विशेषता

प्रकाशित मिति:

काठमाडौं- दुई दिने नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिन फिङले चीनबाटै ल्याइएको कार प्रयोग गरेका छन् ।अहिले बजारमा उनले चढेको कारको विषयमा चर्चा चुलिएको छ । उनले नेपाल भ्रमणका समयमा कस्तो गाडी चढे भनेर चासो लिनु स्वाभाविक पनि हुनसक्छ ।उनले प्रयोग गरेको गाडी चीनमै उत्पादन भएको ‘होङ्सी लिमोजिन एचक्यूई’ ब्रान्डको गाडी हो । चिनियाँ राष्ट्रपति चढेको यो गाडीलाई कुनै पनि बम तथा गोलीको आक्रमण हुँदा पनि त्यसबाट सुरक्षित राख्दछ ।

यो गाडी चीनमा सबैभन्दा महंगो गाडी हो । उक्त गाडीको मूल्य ८ लाख १ हजार ६ सय २४ अमेरिकन डलर पर्दछ । गाडीले ३ हजार १ सय ५२ केजीसम्म सजिलै बोक्न सक्ने क्षमता राख्दछ ।चिनियाँ सञ्चारमाध्यमले जनाएअनुसार यसमा रोल्स रोयसको ह्वील रहेको छ । उक्त गाडी गाडी विश्वकै महंगो गाडी मध्येमा पर्छ ।गाडीको ह्वीलवेस ३९०० एमएम रहेको छ । लम्बाई ६३९५ एमएम लम्बाई तथा २००४ एमएम चौडाई र १७२० एमएम उचाई गाडीको रहेको छ ।गाडीमा भी–१२ ६।० लिटर इञ्जिन भने ५६०० आरएमपी रहेको छ । गाडी उत्पादक कम्पनीले २ वर्ष लगाएर उत्पादन गरेको हो । हाल उक्त गाडी १७ थानमात्रै रहेका छन् ।चीनमा सन् २०१० देखि होङ्सी लिमोजिन ब्रान्डको गाडी उत्पादन थालिएको हो ।खबरहब बाट साभार