दशैंको समयमा प्रदेश ५ मा सवारी दुर्घटना बढे, ६० दुर्घटनामा २४ को मृत्यु

प्रकाशित मिति:

बुटवल-प्रदेश नम्बर ५ मा दशैंको समयमा सवारी दुर्घटनामा परी २४ जनाको ज्यान गएको छ । प्रादेशीक ट्राफ्रिक कार्यालय प्रदेश नम्बर ५ बुटवलका अनुसार असोज १२ गते देखि २४ गते सम्म प्रदेश अन्तरगतका १२ जिल्लामा भएका सवारी दुर्घटनामा परी २० पुरुष र ४ महिला गरी २४ जनाको ज्यान गएको हो ।सवारी दुर्घटना र मृत्यु संख्या अघिल्लो बर्षको दसैंको समयमा भन्दा अहिले केही बढेको प्रादेशिक ट्राफिक कार्यालयका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी राम प्रकाश शाहले बताए ।

सवारी दुर्घटनामा परी रुपन्देही र पश्चिम नवलपरासीमा ४।४ जनाको, कपिलबस्तु, अर्घाखाँची, प्युठान र रोल्पामा ३।३ जनाको , बाकेंमा २ तथा दांग र बर्दियामा १।१ जनाको मृत्यु भएको शाहले जनाए । दुर्घटनामा परी ६२ जना गंभिर घाईते र ५८ जना सामान्य घाईते भएका थिए । सबैभन्दा दुखद दुर्घटना अर्घाखाँचीमा भएका थियो । दशैंको २ दिन अघि भएको सो जीप दुर्घटना हुदा छोरीहरु सहीत दसैैं मनाउन जादै गरेका खनाल दम्पत्ती सहित ३ जनाको मृत्यु भएको थियो । जसमा छोरीहरु घाईते भएका थिए ।

दशैंको अबधिमा जम्मा ६० वटा दुर्घटना भएका थिए भने ति द ति दुर्घटना हुदा ८५ वटा सवारी साधन संलग्न थिए । दुर्घटनामा सबैभन्दा बढी ४१ वटा मोटरसाईकल दुर्घटनामा परेका थिए । जिल्लागत तहमा सबैभन्दा बढी बाकेमा १२ वटा दुर्घटना भएका थिए । रुपन्देहीमा १०, पश्चिम नवलपरासी र दांगमा ८।८, कपिलबस्तुमा ७, बर्दियामा ५, पाल्पा र प्युठानमा ३।३, रोल्पामा २ , अर्घाखाँची र गुल्मीमा १।१ दुर्घटना भएका थिए । पूर्बि रुकुममा भने सो अबधिमा कुनै दुर्घटना भएन् ।ट्राफिक कार्यालयको बिश्लेषण अनुसार ति दुर्घटनाहरु मध्ये धेरै तिब्र गति र चालकका गल्तीका कारण भएका छन् । २५ दुर्घटना तिब्र गति र चालकको लापरबाहीले २२ घटना भएका छन् । त्यसै गरी ओभरटेक गर्ने क्रममा ४, मादक पदार्थ सेबन गरी सवारी हाक्दा ३, यान्त्रिक गढबढी ३, ओभर लोड र यात्रुको गल्तीका कारण एक एक दुर्घटना भएको शाहले बताए । सबै भन्दा बढी दुर्घटना दिउसो १२ बजे देखि बेलुका ६ बजेको समयमा भएका छन् । सो समय भित्र २५ वटा दुर्घटना भएका थिए । त्यसै गरी बेलुका ६ देखि राती १२ बजे सम्म २१ वटा, राती १२ देखि बिहान ६ बजे सम्म २ वटा तथा बिहान ६ देखि दिउसो १२ बजे बिचमा १२ वटा दुर्घटना भएका थिए ।अघिल्लो बर्षको दशैंको समयमा ५५ दुर्घटना हुदा १४ पुरुष, ७ महिला र २ बालक गरी २३ जनाको मृत्यु भएको थियो ।६७६३ साधन लाई कारबाही:यस बर्षको दशैंको समयमा असोज १२ देखि असोज २४ गते सम्म ट्राफिक नियम उल्लघंन गरी सवारी चलाउने प्रदेश ५ का १२ जिल्लामा ६ हजार ७ सय ६३ सवारी साधनलाई कारबाही गरीएको सूचना अधिकारी शाहले जानकारी दिए । उक्त कारबाही बाट ४० लाख ६० हजार ५ सय रुपैया राजस्व संकलन भएको छ । सबैभन्दा बढी कारबाही मोटरसाईकल चालकहरु परेका छन् । २३ सय ३९ वटा मोटरसाईकल स्कुटर चालकलाई कारबाही भएको थियो । जसबाट १४ लाख ५३ हजार ५ सय रुपैया राजस्व संकलन भएको थियो । त्यसै गरी सो अबधिमा १ हजार ५२ बस, १२ सय ७७ जिपकार, टेम्पो २सय२३, ट्रक १४ सय ४९, टेक्टर ४ सय २३ वटा कारबाहीमा परेका थिए ।