सनराईजको पाचौं वार्षिकोत्सबको अवसरमा खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बिपिन नेपाल/गुल्मी- द सनराईज युवा क्लबको पाचौं वार्षिकोत्सबको अवसर विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । असोज २२ गतेदेखि सुरु भएको कार्यक्रममा २२र २३ गते भलिबल प्रतियोगिता सम्पन्न भएको छ, जसमा गोल्डेन स्टार युवा क्लब प्रथम, धारा युनियन क्लब द्वितीय र सनराईज युवा क्लब तृतीय भएका छन।असोज २४ गतेको पाँचौं वार्षिकोत्सब समारोह औपचारिक कार्यक्रम गरि मदाने गाउपालिका १ का वडा सदस्य नमराज मल्ललगायतका स्थानीय समाजसेवी बुद्धिजीवी व्यक्तिहरुको उपस्थितमा समुदघान गरिएको थियो । क्लबका अध्यक्ष महेन्द्र जिसिको सभाध्यक्षता रहेको कार्यक्रमको संचालन विवश विष्टले गर्नुभएको थियो। क्लबका व्यक्तितेव बालकृष्ण चन्दबाट स्वागत राखिएको कार्यक्रममा अन्य प्रतियोगितात्मक प्रस्तुति रहेको थियो। खुल्ला नृत्य प्रतियोगितामा सरगम सञ्जालको टिम प्रथम, सिम्रिक चन्द द्वितीय र सुहाना के सि तृतीय स्थान हासिल गरेका छन।

घैटोफोड प्रतियोगितामा बसन्त भण्डारी, मिठाई दौड प्रतियोगितामा गोकर्ण बिष्ट र बेलुनफोड प्रतियोगितामा राजेश चन्द उत्कृष्ट स्थान हासिल गर्न सफल भए। विजेता टिम र खेलाडीहरुलाई प्रमुख अतिथि स्थानीय जनप्रतिनिधि नमराज मल्लद्वारा नगद सहित पुरस्कार प्रदान गरिएको थियो।सामाजिक काम तर्फ ओख्लेदह स्कुलका गरिब तथा जेहेन्दार छात्र राजकुमार चन्द र छात्रा सन्ध्या चन्दलाई छात्रवृत्ति सँगै सम्मान गरिएको थियो । त्यसैगरि जेष्ठ नागरिक खिमबहादुर सेन ओलीलाई वृद्ध नागरिकका रुपमा नगद सहित सम्मान गरिएको कार्यक्रम संयोजक विनोद विष्टले जानकारी दिए ।सांस्कृतिक कार्यक्रम अन्तर्गत गायक सुमन खत्री र नवगायक विनोद विष्ट लगायत स्थानिय प्रस्तुतिहरुले कार्यक्रममा थप रौनक बढेको थियो ।